अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

मालपोत कार्यालय स्याङ्जामा अनलाइन सेवा सुचारु

रेडियो आँधीखोला,
वालिङ ८, भाद्र ।
पुतलिबजार नगरपालिका १ मा रहेको मालपोत कार्यालय स्याङ्जामा सोमबारबाट अनलाइन सेवा सुचारु भएको छ । भु —अभिलेख सुचना ब्यवस्थापन प्रणाली अन्र्तगत मालपोत कार्यालयलाई १सय ३१ शखा मध्ये २९ औ शाखाँको रुपमा अनलाइन बनाइएको हो । अनलाइन सेवा सुचारु गर्दै भुमि ब्यवस्था तथा अभिलेख बिभागका महानिर्देशक मुक्ति प्रसाद आचार्यले अनलाइन सेवाले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान हुने बताउनुभयो । अनलाईन सेवाले समय सापेक्ष चल्ल सक्ने बनाएको बताउदै आचार्यले भु —माफियाको दिन गएको दाबी गर्नुभयो । उहाँले अनलाईन सेवा सुचारु भएका सबै मालपोत कार्यालयबाट हेर्न सकिने भएकाले छलछाम नहुने दाबी गर्नभयो । 
 
जग्गा धनिको हदबन्दीको बारेमा जानाकारी अनलाइनले सेवाले दिने बताउदै आचार्यले घरबाटै फर्म भर्न र लिखत बनाएर ल्याउन सकिने बताउनुभयो । बिगतमा कम्प्युट अप्रेटरले मात्र काम गर्ने बताउदै आचार्यले अब सबै कर्मचारीले आ आफ्नो बिभागका काम गर्ने बताउनुभयो ।  कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी यादब राज शर्मा, जिल्ला समन्वय समितिका उप प्रमुख दिलीप कुमार बगाले, भुमि ब्यवस्था आईटी बिभागका निर्देशक रामदत्त भट्ट्, वडा अध्यक्ष निर्मल शेरचन, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, नासु प्रकाश कुमार पौडेल लगायतले अनलाइन सेवाले जनतालाई सहज बनाएको बताउनुभयो । 
 
बिगतका दिनमा कम्प्युटर अपरेटरको माध्यमबाट सेवा दिएको बताउदै मालपोत अधिकृत दिनेश अधिकारीले भन्नुभयो —“पहिला लालपुजा मात्र प्रदान गरिन्थ्यो । ”जग्गा प्रसासनको सुधारको लागि अनलाईन सेवा भएको बताउदै अधिकारीले भन्नुभयो —“तथ्याङ्को हराउने समस्या समेत हट्यो । ”अधिकारीले यहाँ रहेका ७ लाख २७ हजार ३२ कित्ता से्रस्ता कम्प्युटरमा ल्याए पश्चात बिभागले अनलाईन सुरुवात गरेको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...