अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Bhanchhin Aama

समाचार

जिल्ला ट्राफिक कार्यालयले थाल्यो, नम्र बोली मिठो कारबाही अभियान

रेडियो आँधीखोला,
वालिङ ८, भाद्र ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले दुर्घटना न्युनिकरणका लागि नम्र बोली मिठो कारबाही रणनितिलाई अगाडी ल्याएको छ । चालकले ट्राफिक नियम पालन नगर्दा सडक दुर्घटना हुने बताउदै ट्राफिक प्रमुख रेशम बहादुर रानाभाटले अभियान स्वरुप नम्र बोली र मिठो कारबाहीलाई अगडी ल्याएको बताउनुभयो । सवारी साधन चालकले ट्राफिक नियम पालन गरे सम्मान सहित नम्र बोल्ने बताउदै रानाभाटले नियमको उल्लघन गर्ने चालकलाई कडा कारबाही होईन मिठो कारबाही गरेर सचेत गराउने बताउनुभयो । स्याङ्जालाई पूर्ण रुपमा दुर्घटना शुन्य जिल्ला बनाउने अभियान संचालन गर्ने बताउदै प्रहरी नायव निरीक्षक रानाभाटले विद्यालय स्तरीय प्रशिक्षण, ट्राफिक प्रहरीको नम्र बोली, यात्रुलाई सचेतना र
चालकलाई मिठो कारबाहीको अभियान चलाउने बताउनुभयो । दुर्घटनालाई न्यूनिकरण गर्नका १६ बु“दे अभियान थालेको ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनलाई ट्राफिक नियम सतप्रतिशत पालन गर्न लगाउने जनाएको छ ।   ११ स्थानीय तह रहेको स्याङ्जामा छडके चेकजा“च र राजमार्गमा नियमित चेकजा“ज गर्ने तयारीमा गरेको बताउदै प्रहरी जबान हेम बहादुर मल्लले नजिकिदै गरे चाडलाई मध्यनजर राख्दै अनुगमन टोली, निर्धारित भाडादरमा बढि लिइएको पाएमा कारबाही गर्ने बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...