अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

विद्यार्थीको माझमा ट्राफिक प्रहरी

news


असोज ५

कुनै बेला सडकको छेउमा बसेर सवारी साधनहरुबाट राजश्व संकलनलाई तिव्रता दिएको स्याङ्जा ट्राफिक अहिले सडकमा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले स्याङ्जा जिल्ला भित्र रहेका माध्यामिक विद्यालयहरुमा ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमहरु संचालन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले विद्यार्थीहरुको माझमा गएर ट्राफिक नियम सम्बन्धी भिडीयो मार्फत विद्यार्थीहरुलाई सचेत गराउदै आएको हो ।

विद्यार्थीहरुको विचमा हुने सचेतना कार्यक्रममा ट्राफिक प्रहरीले ट्राफिक नियम कसरी पालना गर्ने, सडक दुर्घटना सकरी कम गर्न सकिन्छ र पछिल्लो समयमा सवारी दुर्घटना हुनुका प्रमुख कारणहरु जानकारी गराईएको थियो ।

‘पछिल्लो समयमा सडकमा दुर्घटना बढ्दै गएको र यसलाई कम गर्न सचेतना कार्यक्रमको आयोजना गरेका हौं ।Õ जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रहरी नायव निरिक्षक नारद कार्कीले भने, सवारी दुर्घटना रोक्न ट्राफिक मात्र सक्रिय नभएर आमनागरिक पनि सक्रिय हुनु पर्छ ।Õ

यसरी सचेतना कार्यक्रम मार्फत विद्यार्थीहरुलाई सचेत गर्नु राम्रो हो । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका यस्ता प्रकारका कार्यहरुले दुर्घटनामा कमी आउने जानकारहरु बताउछन् ।  यसरी ट्राफिक प्रहरीहरु विद्यालयमा नै आएर कक्षा नौ र दशका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिनु राम्रो कार्य भएको विद्यार्थीहरुले बताए ।

ट्राफिक प्रहरीले स्याङ्जामा उदहरणीय कार्य गर्दै आएको छ । यस अघि ट्राफिकले ट्राफिकलाई लाग्ने गरेको आरोप कम गर्न स्थानीय नागरीक, समाजसेवीहरु, पत्रकार र सवारी साधनका मालिकहरु लगायतको विचमा ट्राफिक चेकिङ् गर्दै आएको थियो ।