अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

गल्याङ नगरपालिका पुर्णआधारभुत शिक्षा घोषित

रेडियो आँधीखोला,
वालिङ ८, भाद्र ।
स्याङ्जाको गल्याङ नगरपालिका पुर्ण आधारभुत शिक्षा घोषणा भएको छ । गल्याङ बजारमा रहेको तुल्सीभञ्याङ साना किसानको सभाहलमा भएको कार्यक्रममा गल्याङ नगरपालिका अन्तर्गतका सवै प्रध्यानाध्यापकहरुले वैठकले गल्याङ नगरपालिकालाइ पुर्ण आधारभुत शिक्षा नगरपालिका घोषणा गरेको हो ।
 
गल्याङ नगरपालिका भित्र रहेका पाँच देखी १२ वर्ष उमेर समुहका पाँच हजार तिन सय २९ जना वालकालिका सवै विद्यालयको पँहुचमा पुगेको सहभागी प्रध्यानध्यापकहरुले बताएका छन । आफ्नो क्षेत्र भित्रका कोही पनि वालवालिका विद्यालय वाहिर नरहेको प्रध्यानाध्यापकहरुको जानकारी पछि गल्याङ नगरपालिकालाइ पुर्ण आधारभुत शिक्षा प्राप्त नगरपालिका घोषणा गरिएको हो ।
 
प्रध्यानाध्यापकहरुको वैठकमा नगर प्रमुख भुपराज अधिकारीले पुर्ण आधारभुत शिक्षा घोषणा गर्दै नगरपालिका अन्तर्गतका हरेक विद्यालयको शैक्षिक गुणस्तर प्रति सचेत रहन उपस्थीत प्रध्यानध्यापकहरुलाइ आग्रह गर्नुभयो । उहाँले समाजमा रहेका विपन्न वर्गहरु समान शिक्षाको पहुँचमा पुग्न सकेमा मात्र समानुपातीक विकासको लहर चल्ने भन्दै अझै पनि खोजि खोजि शिक्षाबाट वञ्चित वालवालिकाहरुलाइ विद्यालय सम्म ल्याउनुपर्नेमा जोड दिनुभयो । वैठकले भाद्र २३ गते माध्यामिक तहको हाजिरजवाफ प्रतियोगिता गर्ने निर्णय पनि पनि गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...