अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

वालिङ नपामा मेलमिलापसम्बन्धी आधारभूत तालिम शुरु

news

तोलाकान्त बगाले
वालिङ, १५ भाद्र ।
“हाम्रो समस्या, हाम्रै समाधान  मेलमिलाप” भन्ने नाराकासाथ आजदेखि वालिङ नगरपालिकाको सभाहलमा मेलमिलापसम्बन्धी आधारभूत तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको आयोजना र मेडिएसन नेपालको प्राविधिक सहयोगमा ८ दिनसम्म सञ्चालन हुने तालिमको आज सुभारम्भ गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले अन्यायमा परेकालाई सरल र सहज तरिकाबाट न्याय उपलब्ध गराउनु महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ । “अन्यायमा परेकालाई न्याय दिलाउनु महत्वपूर्ण कुरा हो” नगर प्रमुख खाँणले भन्नुभयो, “सरल र वास्तविक पीडितलाई न्याय उपलब्ध गराउन नसके जतिसुकै विकास पनि अधुरो हुन्छ ।” मेलमिलापसम्बन्धी आधारभूत तालिमपछि आ–आफ्नो गाउँ ठाउँमा भएका मुद्धाहरुलाई मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने र गाउँमै न्याय पाईने भएकाले पनि वालिङ नगरपालिकाले यो तालिमको आयोजना गरेको बताउनुभयो । सानो आगोको फिलिङ्गोले सिंगो गाउँ नै डढाउन सक्छ तर त्यसलाई समयमै नियन्त्रणमा लिन सकिए ठुलो दुर्घटनाबाट बच्न सक्ने भएकाले हरेक ब्यक्तिको प्रतिष्ठासँग जोडिएको मुद्धा मामिलामा न्यायको दृष्टि पु¥याउनुपर्नेमा नगर प्रमुख खाँणको जोड थियो । कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख एवम् न्यायिक मेलमिलाप समिति संयोजक कल्पना तिवारीले हाम्रा समाजमा आईपर्ने विभिन्न समस्याहरुलाई मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने बताउँदै सबै स्थानीय तहले यस प्रकारको तालिम सञ्चालन गर्नु आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो । नगर उपप्रमुख तिवारीले वास्तविक न्याय प्राप्त गरेमात्रै शान्ति प्राप्त हुने भएकाले स्थानीय स्तरमै न्यायको सिद्धान्तकाबारेमा सुसूचित गर्ने यस तालिमको उद्धेश्य रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशिक्षक महेन्द्र प्रसाई, चापाकोट नगरपालिकाका नगर उपप्रमुख बिमला श्रेष्ठ, स्याङ्जा बार एशोसियसनका अध्यक्ष प्रकाश अर्याल, वालिङ नगरपालिका महिला विकास निरीक्षक मञ्जु ढुंगाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...