अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

सञ्चारकर्मी गुरुङद्धारा जन्मदिनमा बृद्धाहरुलाई खाद्य सामाग्री प्रदान

news

क्ला राना
वालिङ, १५ भाद्र ।
पछिल्लो समय निकै महङगो तथा खर्चिलो होटेल रेष्टुरेन्टमा जमघट गरी जन्मदिन मनाउने चलनको विकास भईरहेका बेला स्याङजाका एक शिक्षक, सञ्चारकर्मी तथा समाजसेवीले आफ्नो जन्मदिनको अवशरमा बृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ । आफ्नो लागी रमाईलो जमघट गर्ने अवशर त प्रशस्तै भेटिने भन्दै वर्षको १ दिन बृद्ध बुवाआमाहरुको खुसीमा सानो इटा थप्ने प्रयास गर्दै वालिङ नगरपालिका ८ भिमटारी निवासी समाजसेवी टिकराज गुरुङले बृद्धबृद्धाहरुको काखमा आफ्नो जन्मदिवस मनाउनुभएको छ ।  
५०औँ जन्मोत्सवका अवशरमा शिवपावती बृद्धाश्रम रामनदी धाम राम्दीमा रहनुभएका बृद्धाबृद्धाहरुको लागी खाद्यान्न वितरण गर्नुभएको छ । गुरुङले आफ्नो ४ महिनाको खाजा खर्च कटाएर जम्मा गरेको बचत रकमले बृद्धबृद्धाहरुका लागी केहि दिनकै लागी भएपनि भोजन जुटाउने प्रयास गरेको बताउनुभयो । गुरुङले भन्नुभयो, “फजुल खर्च नर्गनु पनि बचत गर्नु रहेछ भन्ने भावनाको जागरण ४ महिनाको खाजा खर्च कटाएको समयमा भएको छ” । फजुल खर्च नगरी बचत गरिएको त्यस्तो रकम सानै भएपनि सेवामा लगाउन सकेमा धेरै राम्रो हुने उहाँको भनाई छ । 
सन्तान हुँदाहुँदै सन्तानविहिन र घर हुँदाहुँदै घरविहिन बन्न बाध्य हुनुभएको बृद्धबृद्धाहरुसंग जन्मदिनमा केहि समय विताउन पाउँदा निकै खुसी मिलेको गुरुङले बताउनुभयो । गुरुङले सय किलो चामल, १० लिटर खानेतेल, २० केजी दाल र २० केजी आलु हस्तान्तरण गर्नुभएको हो । श्रीमती उमित गुरुङसंगै बृद्धाश्रम पुग्नुभएका गुरुङको सदभाव तथा सम्मानले बृद्धबृद्धाहरुको ओँठमा मुस्कान छाएको शिवपार्वती बृद्धाश्रमका कार्यालय सचिव सुनिल श्रेष्ठले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...