अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

वालिङ नगरपालिकाद्वारा खेलाडी तथा प्रशिक्षक सम्मानित

news

तोलाकान्त बगाले
वालिङ, १८ भाद्र
नेपालको प्रतिनिधित्व गर्दै विदेशमा खेल प्रदर्शन गरेका पुरुष तथा महिला खेलाडीहरुलाई वालिङ नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । वालिङ नगरपालिकाभित्रका झण्डै १२ जना खेलाडीहरुले नेपालको राष्ट्रिय टोलीबाट खेल प्रदर्शन गरेका र ती मध्ये सोमबार वालिङमा उपलब्ध भएका पुरुषतर्फ लक्ष्मण रुचाल, सुरज हमाल, क्षितिजराज जिटी, महिलातर्फ रिया बानु, रेनुका हमाल, सुस्मा जिटी, सरिष्मा थापालाई जनही ५ हजार तथा सम्मानपत्र प्रदान गरिएको हो । आगामी दिनमा बाँकी रहेका अन्य खेलाडीहरुलाई सम्मान गर्ने वालिङ नगरपालिकाले जनाएको छ । वालिङको फुटवल खेल क्षेत्रको विकासका लागि निरन्तररुपमा योगदान गर्ने पूर्व खेलाडी एवम् प्रशिक्षक दिलिप थापालाई वालिङ नगरपालिकाले सम्मानस्वरुप माउण्टेन बाईक प्रदान गरेको छ । खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिका खेल क्षेत्र तथा खेलाडीको स्तरबृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यहाँबाट उत्पादन भएका खेलाडीले देशमा मात्रै नभई विदेशी भूमिमा गएर पनि उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भई वालिङ नगरपालिका तथा समग्र नेपालकै नामलाई उच्च स्थानमा पु¥याउन सफल खेलाडीलाई बधाई ज्ञापन गर्नुभयो । सम्मान कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले खेलाडी हाम्रा गहना हुन् भन्दै खेलाडीहरुको क्षमता विकास र आवश्यक सहयोगका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा एन्फाका महासचिव भिमप्रसाद पंगेनीले यहाँका खेलाडीहरुले समग्र स्याङजा मात्र नभई नेपालकै नाम उच्च राख्न सफल भएको बताउनुभयो । त्यस्तै सम्मानित प्रशिक्षक थापाले नगरपालिकाको यो सम्मानले खेल तथा खेलाडीहरुलाई थप प्रेरणा मिलेको बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...