अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

वालिङ जेसीजले जेसीज सप्ताह मनाउँदै

तोलाकान्त बगाले
वालिङ, १८ भाद्र ।
स्याङजाको वालिङमा रहेको वालिङ जेसीजले विविध कार्यक्रमसहित जेसीज सप्ताह मनाउन शुरु गरेको छ । जेसीजले पिंक सिटी, रोज सिटी विषयक छलफल, ट्राफिक सचेतना, वक्तृत्वकला प्रतियोगिता, हाम्रो रहर, प्लाष्ट्रिक मुक्त शहर, लागूऔषध सचेतना, पुरस्कार वितरण गरी सप्ताह कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत सोमबार पिंक तथा रोज सिटीका विषयमा छलफल भएको छ । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खाँंणले वालिङलाई कायापलट गर्नका लागि वालिङबासी सबैको  समान भूमिका रहने बताउँदै नगरपालिका वालिङबासीको साझा संस्था भएको उल्लेख गर्नुभयो । उहाँले अबको  साढे ३ वर्षको अवधिमा वालिङलाई फेर्नका लागि वालिङमा जन्मिएर काठमाडौ, भैरहवा, बुटवल, पोखरालगायतका विभिन्न शहरमा बस्दै आएकाहरुको नैतिक, बैचारिक भूमिका समेत महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, जेसीजका संस्थापक अध्यक्ष  लक्ष्मीप्रसाद  रेग्मी, ८ नं. वडा अध्यक्ष कमलप्रसाद सुवेदी, जेसीज पूर्व अध्यक्ष देव बोगटी लगायतले वालिङमा परिवर्तन देख्न चाहेको संस्था जेसीज भएकाले संस्थाबाट हुने सबै सहयोगका लागि प्रतिवद्ध रहेको बताउनुभयो । वालिङ जेसीज वर्ष २०१८ का अध्यक्ष यामप्रसाद अधिकारीले जेसीजले विगतदेखि नै वालिङमा रहेर विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आईरहेको भन्दै रोज सिटीका लागि गमलासहितको गुलाब वितरण गरेको स्मरण गर्दै रोज तथा पिंक सिटीको अवधारणालाई सक्रियताका साथ अगाडि बढाउन नगरपालिकासँंग समन्वय गर्ने बताउनुभयो । अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव महेश रेग्मीले र धन्यवाद पूर्व अध्यक्ष रेखा थापाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...