अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

स्याङजाको विकास र समृद्धिमा प्रतिवद्ध ः सहकारी तथा गरिवि निवारण मन्त्री अर्याल

कला  राना,
वालिङ, २२ भाद्र । 
भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले सिंगो मुलुकको जिम्मेवारी काँधमा रहे पनि आँफू निर्वाचित क्षेत्र स्याङजालाई विकास र समृद्धिको दिशातर्फ अगाडि बढाउने थप जिम्मेवारी जनताले दिएको बताउनुभएको छ । मन्त्री अर्यालले स्याङजामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई थप व्यवस्थित गर्दै अगाडि बढाउन स्थानीय, प्रादेशिक र संघिय सरकारबीच समन्वयात्मक भुमिका हुने विश्वास व्यक्त गर्नुभयो । 
काठमाडौँ बसुन्धारामा भएको वालिङ समिट काठमाडौ २०७५ तथा नागरिक जनप्रतिनिधिबीचको अन्र्तक्रियालाई सम्बोधन गर्दै मन्त्री अर्यालले वालिङलाई नेपालकै पहिलो स्मार्ट सिटी बनाउन जनप्रतिनिधि सोही अनुसार लागी पर्ने बताउनुभयो । सुन्दर, विकसिल र समृद्ध वालिङका निम्ति गुरुयोजना मार्फत कार्यान्वयनको बाटो हुँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । 
वालिङ नगरपालिकाको आयोजना तथा वालिङ संजाल काठमाडौको संयोजनमा भएको अन्र्तक्रियामा नगरप्रमुख दिलिपप्रताप खांणले भौतिक निर्माण मात्रै विकास नभएको भन्दै नागरिकको सकरात्मक सोँचाई समेत विकास भएको बताउनुभयो । साथै उहाँले वालिङको विकासका लागी वालिङमा जन्मथलो भई अन्यत्र रहनुभएका महानुभावहरुले आफ्नो बैचारिक तथा सामाजिकको आवश्यकता रहने बताउनुभयो । साथै उहाँले प्रदेश तथा संघिय सरकारलाई कानुनले स्थानीय सरकारलाई साँघुरो नबनाउँन आग्रह गर्दै केहि कानुनहरु संसोधन गरी खुलेर काम गर्ने वातावरण मिलाउँन आग्रह गर्नुभयो । 
कर्याक्रममा प्रदेश सांसद मोहन रेग्मी र मेखलाल श्रेष्ठ, मुख्य अदालतका न्यायधिस बाबुराम रेग्मी, नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, वालिङ संजालका माधव आर्चाय, स्मार्ट सिटीका विज्ञ विज्ञान घिमिरे, कन्सल्टेन्ट राधेस पन्तलगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा राप्रपाका केन्द्रिय कोषाध्यक्ष निलकण्ठ काफ्ले, दिपेन्द्र काफ्ले, मेघ आले, विष्णु काफ्ले, उमाकान्त पराजुली, हिमलाल भट्टराई, दामोदर कोईराला, सिता कोईराला, द्रोण काफ्ले, हरि तिवारीलगायतले अन्र्तक्रियामा आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत उद्योग वाणिज्य मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...