अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

३९औँ राष्ट्रिय शिक्षामा शिक्षक, विद्यार्थी सम्मानित

news

कला  राना,
वालिङ, २२ भाद्र । 
३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस भीरकोट नगरपालिकाले एक कार्यक्रमका बीच मनाएको छ । नगरपालिकाले उत्कृष्ठ विद्यार्थी, शिक्षक, विद्यालय तथा निवृक्त शिक्षकहरुलाई सम्मान गरी शिक्षा दिवस मनाएको हो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले शिक्षा नै समाज परिर्वतनको आधार भएकाले शिक्षाको गुणस्तरको लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै प्रमुख खनालले शिक्षा व्यवाहारिक तथा व्यवसायीक हुनुपर्ने भन्दै शैक्षिक अभिवृद्धिका लागी नगरपालिका विभिन्न कार्यक्रमका साथ अगाडि बढिरहेको बताउनुभयो । 
कार्यत्रममा कागे्रसका प्रतिनिधि गोविन्द कर्मचार्य, स्याङजा पोखरा सामिप्य स दनका संयोजक श्यामप्रसाद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङगाना, नेकपाका क्षेत्रिय सचिव सन्तोष केसी, स्रोतव्यक्ति जयप्रसाद चापागाँई, वडा अध्यक्ष चन्द्रबहादुर बस्नेत, काग्रेसका प्रतिनिधि हाँजि नसिवदिन मिँया, प्रअहरुको तर्फबाट भाग्योदय माविका प्रअ रेशम रेग्मी, नेकपाका दुर्गादत्त भुसाल, नगरप्रवक्ता दिपेन्द्र केसी, प्याप्सनका केन्द्रिय सदस्य अमृत अर्याल, शिक्षा समिति सदस्य देवका रेग्मी, उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीलगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा उत्कृष्ठ विद्यालय भाग्योदय मावि, शिक्षकहरु हिमलाल खनाल, सिता केसी, झण्डबहादुर राना, निवृक्त शिक्षकहरु राधा केसी, लोकबहादुर केसी र अम्मरबहादुर भण्डारीलाई सम्मान गरिएको छ । 
त्यस्तै कक्षा ८ मा उत्कृष्ठ नजिता ल्याउने विद्यार्थीहरु संस्थागततर्फ मातृका रेग्मी र अरुणा श्रेष्ठ, सामुदायिकतर्फ सचिव खनाल र निकिता थापा, एसइइतर्फ संस्थागतमा विनम महत, विवेक कार्की, धिरेन अधिाकरी, सागर केसी, अमृत कोईराला र अनुषा पोख्रेल सामुदायिक तर्फ अविचलजंग केसी र सपना विक, दलिततर्फ निकिता बढाथोकी र सुमन विक, जनजातितर्फ सन्तोष थापामगर र सुमन थापामगरलाई सम्मान गरिएको छ । नगरप्रमुख खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सिमा केसीकर्मचार्य र सञ्चालन स्रोतव्यक्ति खुमकान्त खनालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...