अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Bhanchhin Aama

समाचार

राम्दीमा बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण

रेडियो आँधीखोला,
वालिङ २२ भाद्र ।
शिवपार्वती बृद्धाश्रम रामनदी धाम राम्दीमा रहनुभएका बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । सामुदायिक सेवा केन्द्र प्रगतिनगरको आयोजनामा बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बृद्धबृद्धाहरु हाम्रा समाजको गहना भएकाले उहाँहरुको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो । 
स्वास्थ्य शिविरमा डाक्टरहरु अशोक रेग्मी, अश्विन लम्साल र विनिता शर्माको टोलीले स्वास्थ्य परिक्षण गर्नुभएको आश्रमका कार्यालय सचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयोे । परिक्षणका क्रममा आधिकांश बृद्धाहरुमा दम र ग्याष्ट्रिकको समस्या बढी भेटिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । ६६ जना बृद्धबृद्धाहरुलाई स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको हो । कार्यक्रममा शिवपार्वती बृद्धाश्रमका कोषाध्यक्ष टिकाराम डुम्रेले सेवा केन्द्रप्रति आभार व्यक्त गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...