समाचार
सुरक्षा व्यवस्था कडा वालिङ, १९ असोज
ईलाका प्रहरी कार्यालय वालिङले चार्डपर्व नजिँकिदै गर्दा सुरक्षा व्यवस्था कडा पारेको छ ।
ईलाका प्रहरी कार्यालय वालिङका अनुसार वालिङ मोडमा प्रहरी विटको स्थापना गएिको छ । विटमा हबलदार सहितको ६ टोली रहेका छन् । चार्डपर्वको बेला वालिङको मुख्य केन्द्रविन्दु मोडमा कुनै अप्रिय घटना हुन नदिँनको लागी विटको स्थापना गरिएको प्रमुख उत्तमप्रकाश बरालले बताउनुभयो ।
साथै घरेलू मदिराको चेकजाँचमा पनि कडाईका साथ लागि परेको उहाँले बताउनुभयो । बसमा अथवा कोही पनि अवैध घरेलू मदिरा ओसार पोसारमा संलग्न भएको भेटिएमा कडा कारबाही हुने उहाँले बताउनुभयो ।
हरेक ग्रामिण भेगमा चल्ने भित्रि सडकमा पनि कडाईका साथ चेकिङमा लागी परेको भन्दै दररेट भन्दा बढी भाडा असुली गर्ने, क्षमताभन्दा बढी यात्रु तथा सामान राख्ने जिप तथा बसहरुलाई करबाही गरिने बरालको भनाई छ ।