अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

अर्जुनचौपारीका बालबालिका सबै विद्यालयको पहुँचमा

रेडियो आँधीखोला,
वालिङ २२ भाद्र ।
स्याङजाको अर्जुनचौपारी गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरसमुहका बालबालिका विद्यालय बाहिर नरहको घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका ९ सय ३८ जना ५ देखि १२ वर्ष उमेरका बालबालिकाहरु सबै विद्यालयको पहुँचमा रहेकाले गाउँपालिकाले जनाएको छ । 
कार्यक्रममा गाउँपालिका प्रमुख दिर्घनारायण अर्यालले गाउँपालिका भित्रका बालबालिका कोही पनि आधारभुत शिक्षाबाट वञ्चित नभएको भन्दै घोषणालाई कार्यान्वयनको पक्षमा लैजाने बताउनुभयो । कार्यक्रममा उपप्रमुख चिनुमाया गुरुङ, नेकपाका अर्जुन काफ्ले, विद्यालय निरिक्षक नविन थापालगायतले आफ्ना भनाई राख्नुभएको थियो । गाउँपालिका प्रमुख अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत स्रोतव्यक्ति भुमिलाल तिवारी र सञ्चालन पन्चकन्या माविका शिक्षक घनश्याम अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...