अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

मेलमिलापको नितिमार्फत राष्ट्र बचाउने बिपि महानायक ः नेता गुरुङ

news

कला राना,
वालिङ, २४ भाद्र ।
नेपाली कागे्रसका केन्द्रिय सदस्य धनराज गुरुङले विपि राष्ट्रियताको प्रतिक भएको भन्दै राष्ट्रियता खतरामा परेको बेला मेलमिलापको नितिमार्फत राष्ट्र बचाउने एक महानायक भएको बताउनुभएको छ । स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा भएको बिपिको जन्मजयन्ती तथा पार्टी सभापति कमलप्रसाद पंगेनीको श्रद्धान्जली कार्यक्रममा बोल्दै युवा नेता गुरुङले पछिल्लो समय बैदेशिक हस्तक्षेपका कारण मुलुक खतरामा परेको बताउँदै वर्तमान सरकारले र नेपाली कागे्रसले बिपिले देखाएको बाटो अँगाल्नुपर्नेमा जोड दिनुभयो । 
साथै उहाँले हालसालै नेपालको निसान छापमा कालापनी र लिपुलेक नेपालको नक्साबाट हटाईएको प्रति असन्तुष्टी समेत जनाउनुभयो । साथै उहाँले वर्तमान सरकार भारतको ईसारामा चल्दा राष्ट्रियता झनै खतरामा परेको गुनासा गर्नुभयो । कार्यक्रममा पुर्व सांसद राजु थापाले कागे्रसभित्र नैतिकताको खडेरी परेको टिप्पणी गर्नुभयो । 
कार्यक्रममा दिर्घनारायण अर्याल, लक्ष्मी रेग्मी, लक्ष्मीप्रसाद  रेग्मी, यामप्रसाद अर्याल, जनकराज खनाल, अजित क्षेत्री, शिवप्रसाद श्रेष्ठ, तारा अर्याल, हरिप्रसाद पौडेल, सुन्दर रेग्मी, ख्यामनारायण खनाल, शिव पौडेल, बद्री पौडेल, शिव अर्याल, मोहदत्त काफ्ले, माया केसी, केसव चापागाँई, राम्जी भण्डारीलगायतले बोल्नुभएको थियो । साविक अर्जुनचौपारी गाविस सभापति मोहननारायण काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत दरुणदल संयोजक शाकिराम काफ्ले र सञ्चालन  सचिव रणबहादुर थापाले गर्नुभएको थियो  ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...