अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

तीज गीत प्रतियोगिताको उपाधि दामाचौरलाई

news

तोलाकान्त बगाले
वालिङ 
वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा वालिङ तीज मेला २०७५ तथा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । समितिद्वारा अयोजित ९ औँ तीज मेला तथा प्रतियोगितामा मौलिक तीज गीतलाई प्रोत्साहन तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिका अध्यक्ष कमला श्रेष्ठले तीज पर्वले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा शसक्त हुन थप प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, संघका निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्याल, संघका पूर्व अध्यक्ष यामबहादुर गुरुङ, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वति तिवारी, महिला नेतृ दीपा भुसाल, ८ नं. वडा अध्यक्ष कमलप्रसाद सुवेदी, संघका सल्लाहकार भरतप्रसाद बगाले, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष भवानी अधिकारी लगायतले बोल्नुभएको थियो । प्रतियोगितामा दामाचौर बजार व्यवस्थापन समिति प्रथम, बहुउद्देश्यीय समाज सुधार आमा समूह वालिङ द्वितीय, प्रगतिशील आमा समूह दामाचौर तृतीय, शिव मन्दिर आमा समूह वालिङ र आँधीखोला आमा समूह वालिङ १३ सान्त्वना भएका छन् । प्रतियोगितामा विजेता तथा उपविजेता समूहले क्रमशः १५ हजार, १२ हजार, ९ हजार र ४÷४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । समितिका अध्यक्ष कविता भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष चुत्रकुमारी थापा (दुर्गा) र सञ्चालन सचिव तारा तिवारीले गर्नुभएको थियो । प्रतियोगितामा आठ समूहको सहभागिता रहेको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...