अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

स्मार्ट सिटीलाई सरकारले थप आर्थिक सहयोग गर्छ ः मन्त्री अर्याल

news

 
तोलाकान्त बगाले
वालिङ 
भूमि सुधार गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेका नगरपालिकाहरुलाई सरकारले थप आर्थिक सहयोग गर्ने बताउनुभएको छ । वालिङ नगरपालिकाले शनिबार काठमाडौंमा आयोजना गरेको नागरिक जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सुन्दर, विकासशील र समृद्ध नगरपालिका बनाउने दायित्व नगरका जनप्रतिनिधि एवम् नगरबासीको दायित्व रहेको बताउनुभयो । “स्मार्ट नगरको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले एउटा बृहत्तर गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ” मन्त्री अर्यालले भन्नुभयो, “अवधारणालाई कार्यान्वयनका लागि सबै पक्षबाट तदारुकताका साथ लाग्नु अहिलेको आवश्यकता हो ।” वालिङको विकासका लागि वालिङ नगरपालिकाले काठमाडौंमा कामको शिलशिलामा रहेका वा स्थायीरुपमा काठमाडौंमा बसेकाहरुबीच वालिङ नगरपालिकाको विकासका संभावनाकाबारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिकाले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले वालिङ नगरपालिका नेपालकै पहिलो स्मार्ट नगरकोरुपमा विकास गरेर देखाउने लक्ष्य रहेको बताउनुभयो । 
“वालिङ नगरपालिकामा विभिन्न क्षेत्रमा ब्यवसायिकरुपमा कृषिजन्य तथा फलफूलजन्य बस्तुहरुको उत्पादन हुने गरेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “वालिङमा उत्पादन भएको बस्तुले बजार नपाईरहेको अवस्थामा अब नगरपालिकाले काठमाडौं, पोखरा, बुटवल, भैरहवा लगायतका बजारमा ‘वालिङ प्रोडक्ट मार्ट’ स्थापना गर्छौं र वालिङबाट ती बजारहरुमा बस्ने बासिन्दाहरुलाई प्रयोग गरि सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछु ।” कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी र मेखलाल श्रेष्ठ, मुख्य अदालतका न्यायधिश बाबुराम रेग्मी, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, वालिङ सञ्जालका माधव आचार्य, स्मार्टसिटीका विज्ञ विज्ञान घिमिरे, कन्सल्टेन्ट राधेस पन्त लगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा काठमाडौंमा बस्दै आएका वालिङेली निलकण्ठ काफ्ले, दिपेन्द्र काफ्ले, मेघ आले, विष्णु काफ्ले, उमाकान्त पराजुली, हिमलाल भट्टराई, दामोदर कोईराला, सीता कोईराला, द्रोण काफ्ले, हरि तिवारीलगायतले अन्तरक्रियामा आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल टेलिभिजनका शालिक सुबेदीले र स्वागत उद्योग वाणिज्य मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले गर्नुभएको थियो । यसैबीच सोही दिन भएको भेलाले वालिङ काठमाडौं सञ्जालको संयोजकमा कल्याणविक्रम पाण्डे रहने गरी नगरपालिकाका प्रत्येक वडाबाट २÷२ जनाको दरले रहने गरी तदर्थ समिति गठन गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...