अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

शित भण्डारको निर्माण सकियो

तोलाकान्त बगाले
वालिङ २७ 
स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमूहामा शित भण्डार सञ्चालनमा आएको छ । आँधीखोला बहुउद्धेश्यीय पानी उपभोक्ता संस्था (आक्वा) अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम ‘जलस्रोत ब्यवस्थापन आयोजना’ को सहयोग र जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको समन्वयमा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरको ब्यवस्थापनमा शित भण्डार सञ्चालनमा आएको हो । २०७४ चैत्र पहिलो साताबाट निर्माण थालिएको उक्त शित भण्डार झण्डै चार महिनापछि सञ्चालनमा आएको हो । डेढसय मेट्रिक टन क्षमताको उक्त शित भण्डार मल्टी च्याम्बर प्रविधिको भएकाले आलु, सुन्तला र प्याजहरुको सुरक्षित भण्डारण गर्न सकिने संस्थाले जनाएको छ । निर्माण सम्पन्न भएको उक्त शित भण्डारमा अब सुन्तला उत्पादन भएपछि भण्डारण गर्ने सोंच बनाएको समितिका अध्यक्ष रुमलाल कडेलले बताउनुभयो ।
“यहाँ उत्पादन भएको आलुको भण्डारण गरी बजारमा आलुको माग भएका बेला बिक्री गर्न सकिने भएकाले किसानले उचित मुल्य प्राप्त गर्ने भएकाले पनि अझै उत्पादन बृद्धि हुने देखिन्छ” अध्यक्ष कडेलले भन्नुभयो, “साढे २ रोपनी क्षेत्रफलमा निर्माण गरिएको शित भण्डार सञ्चालनमा आएपछि चर्को मुल्य तिरेर पोखरा र भैरहवा लगेर भण्डारण गर्नुपर्ने समस्या हट्ने छ ।”
यस क्षेत्रका कृषकले विशेष गरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र लोड अनलोडमा कम्तिमा पनि प्रतिकेजी १० रुपैयाँ खर्चिनुपर्ने बाध्यता थियो भने आफ्नै ठाउँमा शित भण्डार निर्माण भएपछि समयको बचतसँगै प्रतिकेजी ६÷७ रुपैयाँसम्म भण्डारण गर्न सकिने संस्थाले जनाएको छ । “नमूना नगदे बाली उत्पादन कार्यक्रम अन्तर्गत झण्डै दुई सय सदस्यहरुबाट न्यूनतम पाँच सय रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँ गरी कृषकहरुबाट रु २४ लाख संकलन भएकोमा २३ लाख ५५ हजार खर्च भएको छ” नमूना नगदे बाली उत्पादन कार्यक्रमका अध्यक्ष रुमलाल कडेलले भन्नुभयो, “शित भण्डार निर्माणका लागि विश्व बैंकले ९६ लाख उपलब्ध गराए पनि झण्डै ९४ लाख खर्च हुँदा कूल एक करोड १७ लाखको लागतमा शित भण्डार निर्माण सम्पन्न भएको हो ।”

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...