अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

पुस्तकालय निर्माणमा पूर्व विद्यार्थीको चासो

 
अर्जुनचौपारी गाउँपालिकामा रहेको पञ्चकन्या माबिमा पुस्तकालय स्थापना गर्न बिद्यालयका पूर्व बिद्यार्थीहरुले चासो देखाएका छन् । २०४९ ब्याचका पूर्व बिद्यार्थी लायन्स डा. भवानीप्रसाद पौडेल, मेघनाथ काफ्ले, भरत गिरीको पहलमा लायन्स क्लब अफ पोखरा पिस चौतारीको सहयोगमा पुस्तकालय निर्माण थालनी गरिएको हो । पुस्तकालयको बुधबार शिलान्यास गर्दै लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि १ का गर्भनर अशोककुमार श्रेष्ठले लायन्समा आबद्ध बिद्यालयका पूर्व बिद्यार्थीले बिद्यालयमा पुस्तकालय आवश्यकता महशुस गरेकाले सहयोग गर्न लागेको बताउनुभयो । उहाँले बिद्यालयमा पुस्तकालय स्थापना गर्न आफ्नो संस्थाले सक्दो सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले समाजिक क्षेमा पूर्व बिद्यार्थीको सहयोग सराहनिय रहेको बताउनुभयो । बिद्यालय हाता भित्र ३० फुट लम्बाई तथा १९ फुट चौडाईमा २ कोठामा बन्ने पुस्तकालय सबै सामग्री सहित ३८ लाखको लागतमा निर्माण हुने बिद्यालयका पूर्व बिद्यार्थी लायन्स पोखरा पिस चौतारीका अध्यक्ष डा. भवानीप्रसाद पौडेलले बताउनुभयो । पुस्तकालयमा १ कोठामा ५ हजार पुस्तक रहने छन् भने दोस्रो कोठामा ४ कम्प्युटर सहित इन्टरनेट र पुस्तक पढ्ने ठाउँ रहने पौडेलले बताउनुभयो । रकम लायन्स र सहयोगीबाट संकलन गर्ने बताउदै पौडेलले नपुग रकम सबै आँफुहरुले लगानी गर्ने बताउनुभयो । तीन महिनामा पुस्तकालयको उद्घाटन गर्ने गरी तयारी थालिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...