अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

तरुण नेता पुन हत्याको विरोधमा ज्ञापन पत्र

news

नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको गोली हानी हत्या गरेको विरोधमा स्याङ्जा तरुणदलले बिरोध ¥याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको  छ । जिल्ला सदरमुकाममा विरोध सभा गरी तरुणदल स्याङ्जाले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझदै प्रजिअ निरौलाले सरकार सुरक्षा दिन कटिवद्ध भएको बताउदै आफुलाई प्राप्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने जनाउनुभयो । तरुण नेता पुनलाई भदौ २४ गते गोली हानी हत्या गरिएको थियो ।
यसैगरी, तरुणदल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले पुनका हत्यारालाई छिटो पत्ता लगाई कारवाही गर्नुपर्ने, पुनलाई सहिद घोषणा गर्नुपर्ने र परिवारजनलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै सत्ताका आडमा हत्या गर्ने र हत्यारालाई पक्रन नसक्ने सरकारको लाचारीपन भएको बताउनुभयो । पटक पटक तरुणदल माथी हुने गरेको आक्रमण प्रति सरकार गम्भिर नभएको बताउदै यस्ता घट्नाहरु दोहोरिएमा नेपाल तरुणदल चुप लागेर नबस्ने चेतावनी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव कुमार राना, क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ, महेश भट्टराई, सहसचिव रविन केसी लगायतले सरकारले नेपाली जनतालाई सुरक्षा दिन नसकेको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...