अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

जेष्ठ नागरिकलाई सम्मान

वालिङ
१८ असार 
स्याङजाको जगत्रदेवि गाविसका जेष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । जगत्रदेवि गाविसको आयोजनामा ९ वटै वडाका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
 
कार्यक्रममा नेपाली कंग्रेस प्रतिनिधि हेमा न्यौपाने, नेकपा एमाले जगत्रदेवि गाउँ कमिटीका अध्यक्ष किसान श्रेष्ठ, राप्रपाका देविकला बस्याल, वडा नागरिक मञ्च वडा नम्बर ८ का संयोजक आन्नद बस्याल लगायतले ज्येष्ठ नागरिकले देखाएको मार्गदर्शनलाई परिवार, समाज र राज्यका सबै निकायले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा ९ वटै वडाका २ जनाका दरले १८ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै हर्लिक्स र फलफुल पनि वितरण गरिएको हेमा न्यौपानेले जानकारी दिनुभयो ।
 
जेष्ठ नागरिक भिम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रको सञ्चालन राधा न्यौपानेले गर्नुभएको थियो । भने स्वागत मन्तव्य गाविस सहायक गिरमान थापाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...