अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

कालीगण्डकी उपत्यकालाई चिनाउन फोटो संकलन शुरु

तोलाकान्त बगाले
वालिङ २८ भाद्र ।
कालीगण्डकी उपत्यकालाई चिनाउनका लागि आयोजना गर्न लागिएको फोटो प्रतियोगिताका लागि बिहीबारबाट फोटो संकलन थालिएको छ । स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिका अन्तर्गत कालीगण्डकी उपत्यकालाई देश तथा विदेशमा चिनाउन र त्यस क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले कालीगण्डकी खबर डटकमले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
“क्यामेरा वा मोवाईलमा फोटो खिच्ने तर बाहिर ल्याउने अवसरबाट बञ्चित भएकाहरुलाई लक्षित गर्नुकासाथै कालीगण्डकी उपत्यका भित्रका विभिन्न सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय दृष्टिका हिसावले महत्व बोकेका स्थलहरुकाबारेमा प्रचार प्रसार गर्दै देश तथा विदेशमा चिनाउने उद्धेश्य हाम्रो रहेको छ” कालीगण्डकी खबर डटकमका अध्यक्ष अर्जुन खनालले भन्नुभयो ।
“कालीगण्डकी वेशी थुप्रै धार्मिक, पर्यटकीय एवम् सांस्कृतिक महत्व बोकेको क्षेत्र भएकाले पहिलो पटक आयोजना हुन लागेको फोटो प्रतियोगिता यस क्षेत्रका लागि निक्कै राम्रो अवसर हो” पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले भन्नुभयो, “विशेष गरी हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिने उत्तरबाहिनी यसै क्षेत्रमा पर्ने भएकाले पनि फोटो प्रतियोगिताले यस ठाउँको प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने संभावना छ ।”  ईच्छुक प्रतियोगीले आजदेखि कार्तिक २८ गतेसम्ममा तीन वटा फोटोहरु पठाई सक्नुपर्ने छ । मोफसलकै हुन लागेको सर्वाधिक राशीको फोटो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले नगद रु ३० हजार, २० हजार र १० हजारसहित सम्मान पत्र प्राप्त गर्ने छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...