अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

जिप दुर्घटना हुँदा ५ जना घाईते

तोलाकान्त बगाले
वालिङ २८ भाद्र ।
स्याङ्जामा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जना घाईते भएका छन् । बेसीगाउँबाट तनहुँको दुलेगौडातर्फ जाँदै गरेको ग १ ज ५०५२ नम्बरको जिप पुतलीबजार नगरपालिका ७ मौरिया काफलठुटास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कच्ची सडकबाट अन्दाजी १० मिटर तल खस्दा जिपमा सवार पुतलीबजार नगरपालिका ७ वस्ने १२ वर्षिया रितु केसी, सोही ठाउँकै ५३ वर्षिया चन्द्रकुमारी गुरुङ, ४५ वर्षिया कविता गुरुङ, पुतलीबजार नगरपालिका ३ बस्ने ४३ वर्षिय हुमबहादुर गुरुङ र पुतलीबजार ३ कै ३८ वर्षिया रुपा गुरुङ घाईते हुनुभएको प्रहरीले बताएको छ । 
घाईते मध्ये चन्द्रकुमारी गुरुङलाई जिल्ला अस्पतालमा उपचार पश्चात थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ भने अन्यको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 
चालक तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने २७ वर्षिय देवेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...