अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

गल्याङमा ट्राफिक व्यवस्थापन सम्वन्धी अन्तरक्रिया

स्याङ्जाको गल्याङ नगरपालिका–३, मा अवस्थित कालीगण्डकी यातायात व्यवसायी समितिको सभाहलमा सवारी दुर्घटना न्युनिकरण तथा कार्यक्रम भएको छ । जिल्ला ट्राफिक कार्यलय स्याङ्जाको आयोजनामा तथा गल्याङ ट्राफिक प्रहरी चौकीको व्यवस्थापनमा अन्तरक्रिया भएको हो । कार्यक्रममा प्रहरी नायव निरिक्षक तथा जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले सडकमा हुने दुर्घटना न्युनिकरणका लागि आम नागरिकहरु स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले नागरिक आफै सवारी सञ्चालनमा सचेत हुन सकेमा ७५ प्रतिशत दुर्घटनामा कमि आउने विश्वास व्यक्त गर्नुभयो । रानाभाटले गल्याङ्को ट्राफिक व्यवस्थापनका निम्ती सडक सँंग जोडिएका ग्यारेजहरुलाइ स्थान्तरण गर्नुपर्ने, निर्माण सामग्रीहरु सडकबाट हटाउनुपर्ने, सडकमा सवारी पार्किङ गर्ने प्रवृत्तिमा रोक लगाउने लगायतका कामहरु गर्नुपर्ने बताउनुभयो ।
उहाँले विहान ९ देखि ११ बजे सम्म र दिउँसो ३ देखि ४ वजेसम्म कुनै पनि माल समान लोड अनलोड गर्न नदिएमा सडक दुर्घटनामा कमि आउनुका साथै बजारमा सुन्दरता समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराई, कालीगण्डकी यातायात व्यवसायी समितिका अध्यक्ष भेमलाल अर्याल, कालीगण्डकी यातायात व्यवसायी समितिका निवर्तमान अध्यक्ष सूर्यप्रसाद चापागाई,  गल्याङ बजार व्यवस्थापनका अध्यक्ष जनककुमार श्रेष्ठ, यातायात व्यवसायीहरु, व्यापारी, उद्योमी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...