अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

भीरकोटमा बालबालिकाको स्वास्थ्य परीक्षण गरियो

बाल दिवसको अवसरमा भीरकोटमा जन्मेदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल बाल संगठन जिल्ला कार्य समिति स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकाको सहयोगमा गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले गर्भवती आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिई नियमित स्वास्थ्यचौकीमा गई गर्भ जाँच गर्ने बानीको विकास गर्नका लागि अण्डा वितरण कार्य गरेको बताउनुभयो । अण्डा वितरण कार्यलाई नगरपालिकाले निरन्तरता दिएको बताउँदै नगर प्रमुख खनालले बालबालिकामा गरेको लगानी कहिल्यै खेर नजाने उल्लेख गर्नुभयो । बालबालिकाको स्वास्थ्य परीक्षण कार्यक्रमलाई गाउँ अभियानको रुपमा नगरपालिकाका ९ वटै वडामा सञ्चालन गर्ने नगर प्रमुख खनालले बताउनुभयो ।
कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका प्रमुख एवम् बालरोग विशेषज्ञ डा. अमृत पोखरेलले बालबालिकाका हरेक समस्या जिल्ला अस्पतालले नै गर्ने ठोकुवा गर्दै जिल्ला छोडी अन्त नजान आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले आफ्नो भनाई राख्नुभएको थियो । दिनेश अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मखमली श्रेष्ठले र सञ्चालन सुनिल चापागार्इँले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...