अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

समाजसेवी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना

तोलाकान्त बगाले
वालिङ 
आफ्नो पतिको स्मृतिमा यहाँकी एक महिलाले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका ८ क्वामीकी देवका भट्टराईले स्वर्गीय पति झंकनाथ भट्टराईको स्मृतिमा क्वामीमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा ‘झंकनाथ भट्टराई स्मृति अक्षयकोष’ नामको कोष स्थापना गर्नुभएको हो । समाजसेवी भट्टराईको स्मृतिमा स्थापना गरिएको एकलाख एकाउन्न हजार १५१ रुपैयाँको अक्षयकोषबाट उक्त विद्यालयमा अध्ययनरत उत्कृष्ट, जेहेन्दार, गरीब, दलित, अपाङ्गता भएका बालबालिका मध्ये छनोट गरी वार्षिकरुपमा प्रदान गरिने अक्षयकोषका ब्यवस्थापक देबेन्द्र भट्टराईले बताउनुभयो । “स्थानीय समाजसेवी झंकनाथ भट्टराईको स्मृतिमा परिवारले यस विद्यालयमा अक्षयकोषको स्थापनाले विद्यालयलाई सहयोग पुगेको छ” विद्यालयका प्रधानाध्यापक हरि भट्टराईले भन्नुभयो, “यसको वितरणले बालबालिकाको शैक्षिक क्रियाकलापमा थप प्रोत्साहन पुग्ने छ ।”

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...