अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

कम्युनिष्ट सरकारको छ महिना उपलब्धीबिहिन ः सांसद मल्ल

तोलाकान्त बगाले
वालिङ 
गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले कम्युनिष्ट सरकारको ६ महिने कार्यकाल उपलब्धी विहिन भएको दाबी गर्नुभएको छ । शुक्रबार स्याङ्जाको चापाकोट नगरपालिका ८ क्वामीमा रहेको जनकल्याण माध्यमिक विद्यालयको नवनिर्मित चारकोठे भवनको उद्घाटन गर्दै प्रदेश सांसद मल्लले दुई तिहाईको बहुमत हुँदा पनि सरकारले जनताले अनुभूति हुने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । 
प्रदेश सांसद मल्लले सरकारले दुई तिहाईको दम्भमा मुलुकमा एकलौटी र अधिनायकबाद लाद्न खोजेको आरोप समेत लगाउनुभयो । पछिल्लो समय मुलुकमा बालबालिकाहरु नै विभिन्न घटनाको शिकार भईरहेको भन्दै यसप्रति शिक्षालय, अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो । बाल दिवस मनाईरहँदा यस्ता घटना न्यूनिकरण प्रति समयमै विशेष कदम चाल्नुपर्नेमा सांसद मल्लको जोड रहेको छ । विद्यालयमा निर्मित २ तले ४ कोठे भवन करिव ३१ लाखको लागतमा निर्माण सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा चापाकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष नवराज श्रेष्ठ, गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष महेश भट्टराई, मालुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोपालप्रसाद भट्टराई, चापाकोट वडा नं. ३ का काँगे्रस कार्यबहाक सभापति हरिबाबु पोख्रेल, राधा दामोदर क्याम्पसका प्राध्यापक संघका अध्यक्ष देवराज भट्टराई, भोजराज भण्डारी, नेविसंघ साविक क्षेत्रीय अध्यक्ष धनराज पौडेललगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक हरि भट्टराईले र सञ्चालन बालचन्द्र लम्सालले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...