अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

सरोकारवालाहरुबीच वालिङमा अन्तरक्रिया

तोलाकान्त बगाले
वालिङ 
चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि शुक्रबार वालिङमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिका, भीरकोट नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, नागरिक समाजबीचमा अन्तरक्रिया गरिएको हो । 
अन्तरक्रिया कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँंण, भीरकोट नगर प्रमुख छायाराम खनाल, भीरकोट नगर उप प्रमुख सीमा केसी कमौचार्य, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक शंकरप्रसाद आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख रेशमराज रानाभाटलगायतले नेपालीहरुको महान चाड विजया दशमी, दीपावलीलगायत अन्य चाडपर्वहरुलाई ध्यानमा राखेर दुर्घटना न्यूनिकरण र बजार क्षेत्रमा यातायातको व्यवस्थापनमा जोड दिनुभएको थियो । अन्तरक्रियापश्चात वालिङ मोडदेखि भिआईपी टोल, तल्लो वालिङ, भुम्रे, ठाडोलाईन सम्मका सडकमा विहान ९ देखि ११ बजेसम्म, बेलुका ३ देखि ६ बजेसम्म मालबहाक सवारी साधन  लोड अनलोड गर्न नपाईने, ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनलाई लामो समयसम्म सडकमा रोक्न नपाईने समेत निर्णय गरेको छ ।
वालिङमा निर्माण हुन लागेको बसपार्क सम्पन्न नहुँदासम्म केदारनाथ मार्ग र शितलनगरमा पार्किङको व्यवस्था मिलाईएको पनि बताईएको छ । सडकको मापदण्ड बिपरित सञ्चालन गरिएका गाडी मर्मत सेन्टरलाई ब्यवस्थित गर्न र बिग्रिएका सवारी साधन बाटोमा जथाभावी रोक्नमा रोक लगाईएको छ । ट्राफिक व्यस्थापनमा सबैको उत्तिकै भूमिका रहने भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपील गरिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...