अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

शिक्षामा विभेद कायमै छ ः प्रदेश मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षामा बिभेद रहेको बताउनुभएको छ । आँधीखोला गाउँपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कतिपय अभिभावकले शिक्षामा छोरालाई निजी र महंगो विद्यालयमा पढाउने तथा छोरीलाई सरकारी विद्यालयमा पढ्न बाध्य बनाएको बताउनुभयो । मुलुकलाई बिकास गर्न महिला पुरुषको समान दायित्व रहेको बताउदै मन्त्री बस्तेतले शिक्षामा विभेद नगर्न पनि आग्रह गर्नुभयो । शिक्षा नागरिकको लागि अति आवश्यक रहेको बताउदै मन्त्री बस्नेतले शिक्षा निशुल्क पाउने ब्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो । शान्ति सुरक्षा गर्न सरकारले नसकेको काँग्रेसको आरोप प्रति इंकित गर्दै बस्नेतले आरोप गर्न भन्दा सहयोग गर्न आग्रह गर्नुभयो । सरकारले करको दायरालाई फराकिलो मात्र बनाउन खोजेको बताउँदै बस्नेतले जनता घुस दिन तयार हुने तर कर दिन पछाडि पर्ने गरेको दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दास, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, आँधीखोला गाउँपालिकाका प्रमुख सुधीरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल, शिक्षाबिद टीकाराम नेपाली, शिक्षा विकास समन्वय इकाइ प्रमुख घनश्याम पौडेल, नेकपाका देबेन्द्र कुमार गुरुङ, नेपाली काँग्रेसका प्रदीपकुमार पौडेल, नयाँशक्तिका ख्यामनारायण ढकाल लगायतले मन्तब्य राख्नुभएको थियो । यहाँका ३९ विद्यालयका ५ देखि १२ बर्ष भित्रका एक हजार ४ सय ६६ जना विद्यार्थी भर्ना पश्चात गाउँपालिकालाई अनिवार्य आधारभूत गाउँपालिका घोषणा गरिएको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...