अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

एन्फाले ८ देखि १० वर्षका बालबालिकालाई फुटवल सिकाउँदै

news

तोलाकान्त बगाले,
अखिल नेपाल फुटवल संघको परिपत्र अनुसार स्याङ्जा जिल्ला फुटवल संघको आयोजनामा शनिबारबाट ८ देखि १० वर्षसम्मका बालबालिकालाई अभ्यास गराउन शुरु गरिएको छ । यो कार्यक्रम शनिबारबाट नेपालका ४५ जिल्लामा एकैसाथ शुरु भएको अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ । कार्यक्रमको हिजो उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले नगरपालिकाले खेल क्षेत्रका लागि यथेष्ट बजेट बिनियोजन गरेको जनाउँदै खेल क्षेत्र र खेलाडीको क्षमता विकासमा प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले खेल क्षेत्रमा विनियोजन गरेको रकम खर्च नभई लगानी भएको र त्यसले कुनै न कुनै बेला फाईदा हुने विश्वास ब्यक्त गर्नुभयो ।“खेल क्षेत्रलाई ब्यवसायिकरुपमा पनि अगाडि बढाउनु आवश्यक छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेललाई ब्यवसायिकतासँग जोड्न सकेमात्रै यो क्षेत्रमा थप खेलाडीहरु उत्पादन हुन सक्नेछन् ।” कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य बिजय घलेले फुटबल खेलको विकासका लागि एन्फाले तल्लो तहबाटै बालबालिकालाई खेल क्षेत्रप्रति आकर्षण गर्नका लागि यस खालको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
आठदेखि दश वर्ष उमेर समूहका बालबालिकालाई फुटबलको आधारभूत ज्ञान र सीप दिई भविष्यमा कुशल खेलाडी उत्पादन गर्ने मुख्य उद्धेश्यले स्याङ्जा जिल्लाभरीका विभिन्न विद्यालयका डेढसय विद्यार्थीहरुलाई सहभागी बनाएर प्रशिक्षण दिईएको एन्फा स्याङ्जाका उपाध्यक्ष एवम् ग्रासरुट कार्यक्रम ग्राण्ड रिहर्सलका संयोजक मधुसुदन उपाध्यायले बताउनुभयो ।
हरेक साता जिल्लाका विभिन्न पायक पर्ने स्थानहरुमा अनुकलता हेरी ८ देखि १० वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागितामा अभ्यास गराउने र प्रत्येक महिना प्रतिस्पर्धा गराउने योजना रहेको छ भने विद्यालयहरुमा खेल शिक्षकमार्फत फुटवल प्रशिक्षण दिईने ब्यवस्था मिलाउनुकासाथै हरेक हप्ता झण्डै १० जना रेफ्रीहरु तथा पूर्व खेलाडीहरुले प्रशिक्षण प्रदान गर्ने एन्फा स्याङ्जाका महासचिव भीमप्रसाद पंगेनीले बताउनुभयो । एन्फा स्याङ्जाका मानार्थ उपाध्यक्ष आनन्द पाठकको स्वागतसँगै शुरु भएको कार्यक्रम एन्फा स्याङ्जाका अध्यक्ष मुक्तबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव भीमप्रसाद पंगेनीले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...