अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

अटो ईञ्जिनियरिङ एशोसियसन स्याङ्जाको अधिबेशन

तोलाकान्त बगाले,
अटो ईञ्जिनियरिङ एशोसियसन स्याङ्जाको शनिबार वालिङस्थित होटल डेजीमा साधारणसभा एवम् अधिबेशन सम्पन्न भएको छ । साधारणसभा एवम् अधिबेशनको उद्घाटन गर्दै वालिङ नगरपालिका ८ नं. वडा अध्यक्ष कमलप्रसाद सुबेदीले अटो ब्यवसायले राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले अटो ईञ्जिनियरिङ एशोसियसनलाई एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्दै राज्यले पनि ब्यवसाय सञ्चालनमा सहज वातावरण सिर्जना हुने गरी सम्बोधन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । “ब्यवसायलाई अझ सशक्त र संगठितरुपमा विकास गर्नुहोस् म सँधै तपाईहरुकै साथमा रहने छु” वडा अध्यक्ष सुबेदीको भनाई थियो ।
कार्यक्रममा अटो ईञ्जिनियरिङ एशोसियसन स्याङ्जाका सल्लाहकारहरु भेषबहादुर खाँण, रामजी पौडेल, घनश्याम सुबेदी, सन्तोष श्रेष्ठ लगायतले ब्यवसायिक हकहित तथा ब्यवसाय सञ्चालनका क्रममा आईपरेका समस्याहरुकाबारेमा आ–आफ्नो मन्तब्य राख्नुभएको थियो । दुर्गाप्रसाद पाठकको स्वागतसँगै शुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष राजु तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव महेश रेग्मीले गर्नुभएको थियो । यसैबीच शनिबार सम्पन्न अधिबेशनले पुनः राजु तिवारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवलाल खनाल, सचिवमा महेश रेग्मी, कोषाध्यक्षमा विनोद अर्याल, सदस्यहरुमा दुर्गाप्रसाद पाठक, ढालबहादुर बस्नेत, भीम भट्टराई, बलबहादुर थापा, कमलप्रसाद भट्टराई, राजु रेग्मी, टीकाराम भण्डारी र प्रवक्तामा अनिल भण्डारी रहनुभएको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...