अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

करदाताको सूचनाको लागी एक प्रेस विज्ञप्ति जारी

करका विषय विभिन्न सामाजिक संजालहरुमा अनेक टिकाटिप्पणी भईरहेका बेला स्याङजाको अर्जुनचौपारी गाउँपालिकाले भने नागरिक तथा करदाताको सूचनाको लागी एक प्रेस विज्ञप्ति जारी गरेको छ । गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक संजालहरुमा व्यक्त गरिएका सुझाव र टिका टिप्पणीको उच्च मूल्याङकन गर्दै गाउँसभाले कर सम्बन्धमा संशोधनसहित निर्धारण गरेका तथ्यहरु समावेश गरिएको छ । जारी विज्ञप्तिका अनुसार एकीकृत सम्पत्तिकरको बदला भौतिक संरचना भएको जग्गा र संरचनाको सम्पत्तिकर तथा सो बाहेक अन्य जग्गाको भूमिकर साविककै मालपोतले असुल गर्ने जनाएको छ । 
त्यस्तै सम्पत्ति करको प्रयोजनका लागी गाउँकार्यापालिकाको प्रचलित बजार मूल्यका आधारमा वस्तुगत रुपमा निर्धारण गरेको गाउँपालिकाभित्रका सडक आसपासका घडेरीयोग्य जग्गाको मूल्यांकनमा पचास प्रतिशत कमले मूल्याङ्कन गर्ने, सम्मत्तिको एकमुष्ट मूल्याङ्कनका आधारमा लिईने करको दरलाई समेत गाउँपालिकाले पेश गरेको दररेटमा पचास प्रतिशत कम गर्ने र एक आर्थिक वर्षमा सबैभन्दा धेरै कर बुझाउने करदातालाई वर्षको उत्कृष्ट करदाता सम्मान गर्ने निर्णय गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...