अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

"सबैका आरध्यदेव विश्वकर्मा "

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)

हरेक वर्ष आश्विन एक गते विश्वकर्मा भगवानको पुजा गरिन्छ । । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रहरूका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन्। विश्वकर्माको स्वरूप एक हातमा नाप्ने फित्ता (गज), दोस्रो हातमा डोरी, तेस्रो हातमा कमण्डलु चौथो हातमा पुस्तक वा ज्ञानसूत्र धारण गरेका छन् । हाँसमाथि विराजमान विश्वकर्माका तीन नेत्र सुशोभित छन् भने उनले शिरभागमा सुन्दर मुकुट धारण गरेका छन् । सबैप्रकारले वृद्ध शरीर भएका विश्वकर्मा तीनै लोकका सबै प्रकारका देवघर, राजघर, मनुष्यघर आदि सुन्दर घरहरूको रचना कर्ता तथा यो जगत्को हितकर्ता, सृष्टिकर्ता र सूत्रधार नै हुन्। त्यस्तै, महाओजस्वी, तेजोमय स्वरूप, चतुर्भुज, ब्रह्मतेजबाट तताएर सुन जस्तो वर्ण, कानमा दिव्य कुण्डल, ठूलो निधार जसमा ज्ञानचक्षु र शिरमा चन्द्रमाको दिव्यता झल्किरहेको यस्तो सुख मुद्रामा भगवान् विश्वकर्मा ज्ञानप्रदाता, मोक्षप्रदाता र विश्वका दुःखको निवारण कर्ता तथा सृष्टिकर्ताको रूपमा विराजमान छन् । भगवान् विश्वकर्माको स्वरूप वास्तवमै अत्यन्तै मनोहर र सुन्दर छ । भगवान विश्वकर्मा सन्दर्भमा पौराणिक प्रसङ्ग छ कुनै समय माता लक्ष्मी भगवान विष्णु सङ्ग प्रश्न गर्दै भन्नु भो भगवान ! भक्तहरु हजुरको अनेक रुपको भक्ति पुर्वक पृथ्वीमा पूजाआजा गर्छन् ।

यी सबै रुप समान नै छन् कि फरक छन् ?

तब विष्णु भगवानले भन्नुभयो त्यही रूपको बारे भन्छ हे लक्ष्मी तिमी सुन चारैतिर प्रकाशित गर्ने सुर्यका समान चम्कने विश्वकर्माको रूप धारण गरी सृष्टि गर्ने इच्छा जाग्दछ पहिले ब्रह्मालाई रच्दछु । त्यसपछि ॠग्वेद ,यजुर्वेद,सामवेद लगायत शिल्प कलाको प्रतिपादक अथर्व वेदको पनि प्रदान गर्दछु। यही वेदद्वारा शिल्पकारहरुले अनेक वस्तु रचना गरेका हुन् ।तसर्थ जो शिल्पकार विश्वकर्मा भगवानको ध्यान गर्दछ उसको सबै दु:ख हटेर जान्छ । यसरी श्री विष्णुले आफ्नो रुपको वर्णन गर्नुभयो।यै पौराणिक मान्यता अनुसार विश्वकर्मा भगवानका रुपमा मान्दै अएको हो । कसैले विश्वकर्मालाई ब्रह्माका पुत्र पनि मान्छ्न्। खासमा बिश्वकर्मा भगवानलाई मजदुरले मात्र अलि बढी मान्दछ्न् तर कला कृति शिल्प शैलीको प्रयोग गर्न सबैले आराध्य देवका रूपमा बाबा बिश्वकर्मा लाई मान्नु पर्ने आवश्यक छ । उनलाई मान्नुको मतलब उनको शिल्प शैलिलाई अङ्घाल्नु हो।ज्ञानलाई धारण गर्नु हो।विश्वकर्मा पूजाको दिन उद्योग कलकारखाना पुर्णरूपमा बन्ध गरिन्छ । सवारी साधन धोइ धुलाई गरिन्छ । मजदुर हरु पुर्ण बिदामा हुन्छन् र पनि कलकारखानामा जम्म हुन्छन् अनि ध्वजा पतका फुल मालाले आफु सदैव प्रयोग फलामका मेसिनरी औजार ओरपर झकिझकाउ बनाउनुका साथै मेसिनमा स्वस्तिक लेखी पुजा गर्ने गर्दछ्न। आआफ्नो सवारीसाधनमा विश्वकर्मा भगवानको फोटो टासि पूजा गरिन्छ । यसरी पूजा गर्दा सवारीसाधन छिटो नबिर्गीओस् ,दुर्घटना नहोस् भन्ने कामना गरिन्छ ।घरघरमा फलामका औजार सफा गरि पूजा गरिन्छ।

यसरी वर्षेनी विश्वकर्मा भगवानको पूजा गर्दा उद्योग ,कलकारखाना , ग्यारेज लगायत अन्य मेसिनरी औजार सफा हुन्छन् र लामो समयसम्म टिकाउ हुन्छन् । सङ्गै पूजाआजा रमाइलो गर्दा मजदुर र व्यवसायी सम्बन्ध समधुर हुन जान्छ। भगवान विश्वकर्मा आशिर्वाद सबैलाई मिल्नुका साथै कल्याण पनि हुन्छ। अस्तु।

लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन्।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...