अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

पाश्र्वो चित्र सम्बन्धी अन्तृक्रिया

रेडियो आँधीखोला,
वालिङ, ३१ भाद्र ।
वालिङ नगरपालिकाको पाश्र्वो चित्र सम्बन्धी नागरिकहरुबीच खुल्ला अन्र्तक्रिया वालिङ १ रामबाच्छामा गरिएको छ । कमिटेड नेपाल अष्टेलियड द एसिया फाउण्डेसनको सहयोग तथा नगरपालिकाको आयोजनामा अन्र्तक्रिय गरिएको हो । कार्यक्रममा जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिँदै उपप्रमुख कल्पना तिवारीले पाश्र्वो चित्रमा भएका कमीकमजोरीलाई समाधान गर्दै पुर्णता दिने बताउनुभयो । 
 
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले नगरपालिकाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय तथा जनसाङख्यिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा फाउण्डेसनका केएन आर्चाय, वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, वडा नं. १ का वडा सदस्य अर्जुनप्रकाश अर्याल, ऋषिराम काफ्ले, सोमबहादुर गुरुङ, रमेश ढुङगाना लगायतले आफ्ना जिज्ञासा तथा सुझावहरु प्रस्तत गुर्नभएको थियो । 
 
उपप्रमुख कल्पना तिवारीको सभपातित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष तथा नगरप्रवक्ता केदार काफ्ले र सञ्चालन सामाजिक साखा अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो । पाश्र्वो चित्रमा नगरपालिकाका हरेक वडाको गतिविधि, जनसाङख्यिक, धार्मिक तथा पर्यटकीय, सामाजिक, आर्थिक गतिविधिहरु हेर्न सकिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...