अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

वडा प्रहरी कार्यालय वालिङद्धारा सचेतना कार्यक्रम

रेडियो आँधीखोला,
वालिङ, ३१ भाद्र ।
वडा प्रहरी कार्यालय वालिङले भीरकोट नगरपालिका ६ बालोदय आवसीय माविमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई लागू औषध दुव्र्यसनी, र जबरजस्तीकरणी न्युनिकरण र ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको हो । 
कार्यक्रमको उद्दघाटन गर्दै वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मण खत्रीले किशोरअवस्थामा प्रवेश गरेका विद्यार्थी तथा समग्र समाज सुधारका लागी यो कार्यक्रम निकै उपयोगी रहेको बताउनुभयो । 
कार्यक्रममा अनेरास्ववियूका जिल्ला अध्यक्ष विश्वनाथ अर्याल, विद्यालयका संस्थापक गोविन्द तिवारी, दहथुम प्रहरी चौकीका प्रमुख चेतलाल विकलगायतले विद्यार्थी सचेत भएमा मात्र समाज तथा समग्र मुलुक नै सचेत हुने बताउनुभयो । कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शंकरप्रसाद आर्चायले कार्यालयले हरेक विद्यालयमा गई विद्यार्थीहरुलाई प्रशिक्षण दिईने बताउनुभयो । 
उहाँले लागू औषध दुव्र्यसनीे, जबरजस्तीकरणका बारेमा प्रशिक्षण दिँदै ट्राफिक सम्बन्धी चेतनाको विकास भएमा दुर्घटना न्युनिकरण हुने बताउनुभयो । विद्यालयका प्रिन्सीपल अमृत अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत विद्यार्थी मातृका रेग्मी र सञ्चालन पविन खनालले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थी, शिक्षक तथा अभिभावक गरी करिव डेढ सय जनाको सहभागिता रहेको थियो कार्यालयले यसभन्दा अगाडि पहिलो कार्यक्रम भुपू  सैनिक माविमा सम्पन्न गरेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...