अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

विद्यार्थीद्धारा विद्यार्थीका लागी डटपेन वितरण

रेडियो आँधीखोला,
वालिङ, ३१ भाद्र ।
राप्रपा भीरकोट नगर अध्यक्ष पदमकुमार श्रेष्ठले विद्यार्थीहरुलाई १ वर्षका लागी डटपेन वितरण गर्नुभएको छ । ५५ वर्षीय श्रेष्ठ पोहोरसाल मात्रै कालिका माध्यमिक विद्यालयबाट एसईई पास गरी अहिले वालिङ बहुमखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । श्रेष्ठले समयमा आफ्नो पढ्ने ईच्छा पुरा गर्न नसकेपनि अहिले दृढ संकल्पका साथ पढाई अगाडि बढाईरहनुभएको छ । 
श्रेष्ठले पुतलीबजार नगरपालिका १२ स्थित मनकामना माध्यमिक विद्यालय पेल्काचौरमा कक्षा ९ र १० मा अध्ययनरत  ५९ जना विद्यार्थीहरुलाई एक वर्षसम्म पुग्ने गरी डटपेन वितरण गर्नुभएको सहकर्मी राजन पौडेलले बताउनुभयोे । आफ्नो समयमा कपी कलम नपाएरै विद्यालय जान नपाईएको स्मरण गर्दै शैक्षिक सामाग्रीको अभावले अव फेरि यस्ता समस्या नपरोस भन्ने हेतूले सानो कोसिस गरेको श्रेष्ठको भनाई छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...