अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

बिद्यालय ब्यवस्थापन समिति गठन

रेडियो आँधीखोला,
वालिङ, ३१ भाद्र ।
पुतलिबजार नगरपालिका २ को दुर्गा देबी आधारभुत बिद्यालयमा अभिभावकको भेलाले धन प्रसाद गुरुङ्को अध्यक्षतामा ४ सदस्यिय बिद्यालय ब्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा तुलमायाँ परियार, शान्ता राना, अजय भुजेल रहनु भएको छ ।  त्यस्तै कृष्ण गुरुङ्को अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । 
 
भेलामा श्रोत ब्यक्ती बलराम दोरंगाले सबै मिल्न सकेमा बिद्यालयको प्रगती हुने बताउनुभयो । कार्यक्रममा समाजसेवी ख्याम नारायण शर्मा पराजुली, हुम बहादुर पौडेल, वडा सदस्य भिम गुरुङ्, बिजय गुरुङ् , लेखनाथ शर्मा, बसन्त मरासिनी, अमृत नेपाली, पधानाध्यापक रमा पराजुली, संगिता घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । वडा अध्यक्ष तिलकराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक शालिकराम कुवरले गर्नु भएको थियो ।
उता पुतलिबजार नगरपालिका ५ चौरको बालहित आधारभुत बिद्यालयमा अभिभावकको भेलाले कृष्ण बहादुर कार्कीको अध्यक्षतामा ४ सदस्यिय बिद्यालय ब्यवस्थापन समिति गठन भएको छ । समितिको सस्दमा राम बहादुर गोदार, रिता गोदार, तिल मायाँ नेपाली रहनु भएको छ । 
त्यस्तै गोबिन्द बहादुर भुजेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । समितिको सदस्यमा सम्झना बिक, आशा नेपाली, राम बहादुर थापा, सबित्रा पोख्रेल रहनु भएको छ । वडा अध्यक्ष रामन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रधानाध्यापक केदार प्रसाद मरासिनीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...