अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

योजना गुणस्तरयुक्त होस्, रकमको अभाव हुन दिन्न ः मन्त्री बस्नेत

news

रेडियो आँधीखोला,
वालिङ १, आश्विन ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गुणस्तरयुक्त योजनाका लागि रकमको अभाव हुन नदिने बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका ११ मा सोमबार डौंवा फाँट सिञ्चाई योजनाको शिलान्यास गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “योजनालाई गुणस्तरयुक्त बनाउनमा केन्द्रीत हुनुहोस् सबै सचेत र जिम्मेवार भएर लाग्नुहोस् योजना सम्पन्न गर्न रकमको कुनै अभाव हुन दिने छैन ।”
 
शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले खेतीयोग्य जमिनमा प्रर्याप्तमात्रामा सिञ्चाई सुविधा पु¥याई यहाँका युवालाई स्वदेशमै रोजगारी दिन सकिने बताउनुभयो । उहाँले रोजगारीको शिलशिलामा विदेशमा रहेका यहाँका युवालाई आफ्नै खेतबारीमा आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्नमा मद्धत पुग्ने विचार ब्यक्त गर्नुभयो ।
 
अहिले सिञ्चाईको अभावमा प्रर्याप्तमात्रामा उत्पादन लिन नसिकेको यो फाँटबाट केही वर्षमा सिञ्चाईको सुविधासँगै उत्पादन लिन सकिने र यस ठाउँको आर्थिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बस्नेतको भनाई थियो । “समथर यो भूमि उर्वरायुक्त छ यसको सही सदुपयोग गर्नुभयो भने आर्थिक समृद्धि छोटो समयमै हासिल गर्न सकिन्छ” मन्त्री बस्नेतले भन्नुभयो, “योजना सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुहोस् ।”
 
दुई वर्षमा सकिने उक्त योजना सम्पन्न गर्न कूल दुई करोड ९५ लाख ६३ हजार लाग्ने अनुमान प्राविधिकले गरेका छन् । शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मोहनप्रसाद रेग्मीले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरिरहेको बताउनुभएको छ ।
 
कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले योजनाहरु निर्माण गर्दा प्रदेशले स्थानीय सरकारहरुसँग पनि सहकार्य गर्दा राम्रो हुने विचार ब्यक्त गर्नुभयो । उहाँले योजना सम्पन्न गर्नका लागि स्थानीय उपभोक्तालाई कुनै समस्या आएमा वालिङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । वालिङ वडा नं. ११ का कार्यबहाक अध्यक्ष चोलाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमको सञ्चालन अनन्त मरासिनीले गर्नुभएको थियो ।
 
यसैबीच उता  मन्त्री रामशरण बस्नेतले सरकारले करको दायरालाई फराकिलो मात्र बनाउ खोजेको बताउनु भएको छ । पुतलिबजार नगरपालिका ३ मा सोमबार जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालयको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिपक्षीले करको कुरा गरेर संघियता असफल पार्न खोजको आरोप लगाउनुभयो । घुस दिन तयार हुने जनता कर दिन पछाडी परेको बताउदै मन्त्री बस्नेतले सचेत नागरिक कर तिर्न तयार हुने दाबी गर्नुभयो । तिन वटै सरकारले जनताको अपेक्षा अनुसारको सेवा दिनु पर्ने बताउदै मन्त्रीले सघियताको सफल कार्यान्वयको लागि प्रदेश स्तरका कार्यालय स्थापना गरेको बताउनुभयो । 
 
उहाँले पुरानो सिचाई डिभिजनलाई फराकिलो बनाउदै जल उत्पन्न, उर्जा र सिचाई हेर्ने गरि कार्यालयको ब्यवथा गरेको बाउनुभयो ।केन्द्रिय सरकारका कारण बजेट आउन ढिला भएको बताउदै मन्त्री बस्नेतले ठुला केन्द्र, मझौला प्रदेश र स्थानियले साना योजना हेर्ने बताउनुभयो । पुरानो सरकार र बर्तमान सरकारले दिने सेवामा परिवर्तन हुनु पर्ने बताउदै मन्त्री बस्नेतले नयाँ सरकार र पुर्ववत योजनाका कारण काममा ढिलाई भएको बताउनुभयो । उहाँले स्थानिय सरकार सगँ सहकार्य गरेर प्रदेशले काम गर्ने बताउदै बेमेल हुने गरि काम नगर्ने बताउनुभयो । 
 
कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ, मन्त्रायलका सचिब इश्वर चन्द्र मरहठ्ठा, जिल्ला समन्वय समिति प्रमुख सिता कुमारी सुन्दास, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, पुतलिबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्री, डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ, अनन्त राज मरासिनी लगायतले मन्तब्य राखेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...