अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

भीरकोटमा सब डिभिजन वन कार्यालयको उद्दघाटन

news

रेडियो आँधीखोला,
वालिङ १, आश्विन ।
 
भीरकोट नगरपालिकामा सब डिभिजन वन कार्यालयको उद्दघाटन गरिएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालय डिभिजन वन कार्यालय स्याङजाले जिल्लाका ८ स्थानहरुमा सब डिभिजन कार्यालय राख्ने क्रममा भीरकोटमा समेत कार्यालयको उद्दघाटन गरिएको हो । मन्त्रालयका सचिव डा.बुद्धिसागर पौडेल र भीरकाट नगरप्रमुख छायाराम खनालले कार्यालयको संयुक्त रुपमा उद्दघाटन गर्नुभएको हो । 
 
उद्दघाटनका क्रममा सचिव डा. पौडेलले प्रदेशले उपयुक्त निति बनाउने र स्थानीय तहबाटै संरक्षण तथा प्रर्वद्धन हुने बताउनुभयो । साथै डा. पौडेलले सामुदायिक वन समुदायको धन भएकाले वनबाट स्थानीयल जति सक्दा फाईदा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख खनालले जनप्रतिनिधि विहिन समयमा चित्त बुझ्दो काम हुन नसकेको भन्दै अव कामले पुर्णता पाउने बताउनुभयो । साथै प्रमुख खनालले सब कार्यालय स्थानीय तहमै आएपछि वनसंग सम्बन्धी हरेक कार्य सरल तथा सहज रुपमा हुने बताउनुभयो । 
 
कार्यक्रममा उपप्रमुख सिमा केसीकर्मचार्य, वडा अध्यक्ष कमल त्रिपाठी, नेकपाका सन्तोष केसी, सामुदायिक वन उपभोक्ता महासंघ भीरकोटका ईकाइ अध्यक्ष नन्दु खनाललगायतले बोल्नुभएको थियो । कार्यालयमा कुञ्जन गहतराज प्रमुख र ४ जना वनरक्षक  रहनेछन् । जिल्ला वन कार्यालयका प्रमुख कुमलराज काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहायक वन अधिकृत वसन्तकेशव अधिकारी र सञ्चालन राजेन्द्र शर्माले गर्नुभएको थियो । जिल्लाको वालिङ, भीरकाट, गल्याङ, चापाकोट, पुतलीबजार, विरुवा, अर्जुनचौपारी र फेदिखोला गरी ८ तहमा सव डिभिजन कार्यालय स्थापना गरिनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...