अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

स्व. पंगेनी कतब्यनिष्ठ र कुशल संगठक

news

रेडियो आँधीखोला,
वलिङ २ अशोज  । 
नेपाली काँग्रेस स्याङ्जाका पार्टी सभापति एवम् पूर्व सांसद कमलप्रसाद पंगेनीको ४५आंै दिनको पुण्यतिथि तथा लौहपुरुष गणेशमान सिंहको २१ औं स्मृति दिवस  वालिङमा शोकसभा गरिएको छ । नेपाली काँग्रेस वालिङ नगर कार्यसमितिको आयोजनामा भएको शोकसभामा बोल्दै प्रजातन्त्रका सेनानी सूर्यप्रसाद रेग्मीले सबै संगठीत भएर पार्टीलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ ।
काँग्रेस स्याङ्जाका पार्टी सभापति स्वर्गीय कमलप्रसाद पंगेनी मिलनसार, ईमान्दार, कर्तब्यनिष्ठ र कुशल संगठक रहेको बताउँनुभयो।”
शोकसभामा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले स्वर्गीय पंगेनीबाट नेता कार्यकर्ताले धेरै गुणहरु सिक्न आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख खाँणले एकले अर्कालाई निषेध गरेर भन्दा पनि सँगसँगै लिएर हिड्न सक्ने खुवी नेतृत्वमा भएमात्रै सफल हुने विचार ब्यक्त गर्नुभयो ।
शोकसभामा नेपाली काँग्रेस क्षेत्र नं. २ क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वति तिवारी, काँग्रेस महाधिवेशन प्रतिनिधिद्वय विष्णु पौडेल, लिलबहादुर रनपाल, काँग्रेस जिल्ला सदस्य यामबहादुर गुरुङ, काँग्रेस पूर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुबेदी, 
नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष सुनिता उच्चै ठकुरी, नेपाल शिक्षक संघ क्षेत्रीय अध्यक्ष डण्डापानी पंगेनी, नेपाल तरुण दल क्षेत्रीय सचिव फणिनारायण रेग्मी, नेपाल विद्यार्थी संघ नगर सभापति दिक्षान्तप्रताप खाँण लगायतले नेपाली काँग्रेसले लौहपुरुष गणेशमान सिंह तथा पार्टी सभापति कमलप्रसाद पंगनीले देखाउनुभएको मार्गमा हिड्न सकेमात्रै उहाँहरु प्रति सच्चा श्रद्धाञ्जलि हुने विचार ब्यक्त गर्नुभयो ।
काँग्रेस क्षेत्रीय सचिव दामोदर लम्सालको स्वागतसँगै शुरु भएको शोकसभा वालिङ नगर कार्यबहाक सभापति भीमलाल सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन नगर सचिव भुपराज बगालेले र धन्यवाद ज्ञापन महिला संघ नगर सभापति सरिता पौडेलले गर्नुभएको थियो । शोकसभामा वालिङ नगरपालिकाका १४ वटै वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...