अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

संविधान दिवसको अवशरमा सरसफाई तथा वक्तित्वकला प्रतियोगिता

रेडियो आँधीखोला,
वलिङ २ अशोज । 
संविधान दिवसको सन्दर्भ पारेर पुतलिबजार नगरपालिका स्याङ्जाले नगर सरसफाई गरेको छ । नगरपालिकाले संविधान दिवस मुल समारोह समितिको निर्णय बमोजिम दिवसको अगिल्लो दिन मंगलबार नगर सरसफाई गरेको हो । नगरपालिकाले चौकी देखि बाडखोला सम्म सरसफाई गरेको हो । 
बजारको सडक छेउँमा पालिएको फोहोरलाई समन्वय प्रमुख सिता कुमारी सुन्दास, प्रजिअ कोशहरी निरौला, नगर प्रमुख सिमा कुमारी क्षेत्री, एसपी जयराम सापकोटा, जनप्रतिनिधी, प्रहरी, आर्मी, निजामती कर्मचारी, स्थानिय नागरिक, टोल बिकास संस्था, पत्रकार सहितको टोलीले सरसफाई गरेको हो । 
सरसफाईले नगरबासीलाई सन्देश दिने उदेश्यले गरिएको नगर प्रमुख सिमा कुमारी क्षेत्रीले बताउनुभयो । उहाँले आफ्नो ठाउँ सरसफाई गर्ने जिम्मेवारी आफ्नै भएको जनचेतना फैलाउने उदेश्यले संविधान दिवसको सन्दर्भ पारेर गरिएको बताउनुभयो । उहाँले भोलीका दिनमा आफ्नो घर वरपर आफै सरसफाई गर्न आग्रह गर्दै फोहोरले रोग आउने र आफैलाई समस्या पर्ने बताउनुभयो ।
त्यस्तै मंगलबार अन्तर माबि बकृत्वकला प्रतियोगता पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ ।  नेपालको संविधान र संधियताको बिषयमा बिद्यार्थी बिच बक्तृत्वकला प्रतियोगिता गरिएको हो । 
प्रतियोगितामा काजिमान हरिटिका माबिका सन्तोषी क्षेत्री प्रथम, द्धितिय सरस्वती माबि नागडाडाँका राजन पोख्रेल, स्याङ्जा माबिका रितिका श्रेष्ठ तृतिय र सान्त्वना सितला माबि पौवेगौडेका निशा कार्कीले हात पार्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता कुमारी सुन्दासले संविधानले सबै नेपालीलाई एकताबद्ध गरेको बताउनुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, नगर उपप्रमुख महेश पुरी, नेकपा नेता लोकराज शर्मा, प्रमुख प्रसासकिय अधिकृत रुद्र बहादुर मल्ल, सामाजिक बिकास संयोजक शेषराज ढकाल, शिक्षा बिकास समन्वय अधिकारी धनश्याम पौडेल, श्रोत ब्याक्ति ऋषिराम शर्मा, कृष्ण प्रसाद लामिछाने, कपिलमणी रेग्मी, शिक्षा अधिकृत निलकण्ठ ढकाल लगायतले मन्तब्य राख्नु भएको थियो । नगर प्रमुख सिमा कुमारी क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन श्रोत ब्याक्ति बलराम दोरंगाले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...