अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

युवा संघ क्षेत्रीय कमिटीद्वारा शुभकामना आदान प्रदान

वालिङ १८, असोज
युवा संघ नेपाल क्षेत्र नं. १ क्षेत्रीय कमिटी र युवा संघ पुतलीबजार नगर कमिटी स्याङ्जाले सोमबार बिजयादशमी र दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा एमाले बैकल्पिक सदस्य सीता सुन्दासले सम्बृद्ध मुलक मुलुक निर्माणका लागि युवाहरुको परिचालन प्रमुख आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा युवा तथा खेलकुद विभाग केन्द्रीय सदस्य मोहन रेग्मी, प्रदेश नं. ४ का सदस्यहरु नारायणप्रसाद मरासिनी र सीमा क्षेत्री, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद अध्यक्ष लोकराज शर्मा, जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, सचिव सुधिरकुमार पौडेल, अखिल नेपाल महिला संगठनका अध्यक्ष तारा पौडेल, क्षेत्रीय सचिव अनन्तकुमार श्रेष्ठ, उपसचिव कमलप्रसाद ढकाल, सदस्य अमृत श्रेष्ठ, पुतलीबजार नगर अध्यक्ष ओमवहादुर खड्का, युवा संघ केन्द्रीय सदस्य भरत गोदार, जिल्ला सदस्य अशोक शर्मा र पारश शर्मा लगायतले विजयादशमी तथा दिपावलीको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । युवा संघ क्षेत्रीय अध्यक्ष मनोज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष दिलबहादुर गुरुङले स्वागत एवं युवा संघ नगर अध्यक्ष अमृत नेपालीले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...