अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

विद्यार्थीद्धारा विद्यार्थीकै लागी डटपेन वितरण

रेडियो आँधीखोला,
वलिङ २ अशोज । 
भीरकोट नगरपालिका ३ शहिद शुक्र मावि बाँसतारामा नतिजा प्रकाशन, पोसाक तथा डटपेन वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राप्रपा भीरकोट नगरअध्यक्ष पदमकुमार श्रेष्ठले शिक्षा जिवनको ज्योति भएकाले शिक्षालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 
पोहोरसाल मात्रै कालिका माध्यमिक विद्यालयबाट एसईई पास गरी अहिले वालिङ बहुमखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ५५ वर्षीय श्रेष्ठले आफ्नो समयमा पढ्ने ईच्छा पुरा गर्न नसकेपनि अहिले दृढ संकल्पका साथ पढाई अगाडि बढेको भन्दै बालबालिकाहरुलाई पढाईलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 
श्रेष्ठले विद्यालयका कक्षा १०, ११ र १२ का १ सय १६ जना विद्यार्थीहरुलाई १ वर्षसम्म पुग्ने गरी डटपेन वितरण गर्नुभएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्लेले कलमले आफ्नो भविष्य निर्धारण गर्ने भएकाले विद्यार्थीहरुलाई सोही अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलबहादुर खत्रिको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो । 
यसैबीच यता भीरकोट ४ स्थित दभुङठाँटी माविमा कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई समेत वर्षभरीका लागी पेन हस्तान्तरण गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक पदम रेग्मीलाई पेन हस्तान्तरण गर्नुभएको हो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...