अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

पूर्व विद्यार्थी मञ्चको अन्तरक्रिया

news

रेडियो आँधीखोला,
वालिङ ३ अशोज ।
स्याङ्जाको वालिङ १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।
 
विद्यालय प्रशासन, जनप्रतिनिधिहरु, पूर्व विद्यार्थीहरुकाबीचमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद मोहनप्रसाद रेग्मीले विद्यालयले शैक्षिक गुणस्तर र प्राविधिक विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा खेलेका भूमिका प्रशंसनीय रहेपनि पछिल्ला दिनहरुमा शैक्षिक गुणस्तर खस्कदै जानुको कारण पत्ता लगाई शैक्षिण गुणस्तर कायम गरी सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले शैक्षिक गुणस्तरका सवालमा कहीँ कतै पनि सम्झौता नहुने तर गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा आईपर्ने समस्याहरुमा वालिङ नगरपालिका सँगै रहेको विचार ब्यक्त गर्नुभयो ।
 
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज अर्यालले पूर्णामृत भवानी माविलाई देशभरीकै उत्कृष्ट विद्यालयकोरुपमा स्थापित गर्ने योजनाकासाथ अगाडि बढेको बताउनुभयो । उहाँले वालिङलाई शैक्षिक हवकोरुपमा विकास गरी देशका विभिन्न भेगबाट विद्यार्थीहरु यस ठाउँमा अध्ययनकालागि आउने वातावरण निर्माण गर्नतर्फ सबैको ध्यान जानु जरुरी रहेको उल्लेख गर्नुभयो ।
 
कार्यक्रममा पूर्व विद्यार्थीहरु उदय श्रेष्ठ, श्यामप्रसाद अर्याल, राजेन्द्रप्रसाद गैह्रे, कल्पना तिवारी, लिलबहादुर रनपाल, टिकराज गुरुङ, डिल्लीराम अर्याल लगायतले आ आफ्ना सुझावहरु राख्नुभएको थियो ।
 
अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले विद्यालयको शैक्षिक तथा भौतिक गतिविधिकाबारेमा प्रकाश पार्नुभएको थियो ।
 
२०१९ सालमा स्थापना भएको पूर्णामृत भवानी माविमा स्थापनाकालदेखि हालसम्म १५ हजार बढी विद्यार्थीहले अध्ययन गरिसकेका विद्यालयले जनाएको छ । विद्यालयका दाताहरु, शिक्षक, अभिभावक, विद्यार्थीहरुको भावनालाई समेटेर विद्यालयको शैक्षिक एवम् भौतिक पक्षको आवश्यकता तथा सम्भाब्य सहयोगकालागि पूर्व विद्यार्थी मञ्चको स्थापना गरिएको हो ।
 
पूर्व विद्यार्थी मञ्च तदर्थ समितिका उपाध्यक्ष कल्पना बस्यालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन मञ्चका सहसचिव यमकान्त खनालले र स्वागत मञ्चका सदस्य मधुसुदन आचार्यले गर्नुभएको थियो ।
 
 
 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...