अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

संविधान दिवसमा भीरकोटमा प्रभातफेरि तथा बक्तृत्वकला प्रतियोगिता

रेडियो आँधीखोला,
वालिङ ३ अशोज ।
संविधान दिवसको अवसरमा बुधबार भीरकोटमा प्रभातफेरि तथा बक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुधबार बिहान निस्केको ¥यालीले बयरघारी बजार परिक्रमा गरी तमु समाजको हलमा गई कार्यक्रममा परिणत भएको थियो । भीरकोट नगरपालिकाको आयोजनामा नगरभित्रका माध्यमिक तहस्तरीय बालबालिकाहरुका लागि ‘नेपालको संविधान २०७२ को कार्यान्वयनमा विद्यार्थीहरुको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
कूल १८ विद्यालयका विद्यार्थीहरु सहभागी रहेको उक्त प्रतियोगितामा पिपलडाँडा माध्यमिक विद्यालयका छात्र बिजय रेग्मी प्रथम, दभुङठाँटी माध्यमिक विद्यालयकी रिया सारु द्वितीय, कन्साईन्स बोर्डिङ स्कूलकी नम्रता अर्याल तृतीय र पब्लिक एकेडेमीकी प्रगति राना सान्त्वना भएका भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
प्रतियोगीलाई पुरस्कार वितरण गर्दै भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्यले नेपालको संविधान २०७२ को सफल कार्यान्वयन हुन सकेमात्रै संविधान दिवसले सार्थकता पाउने बताउनुभयो ।उहाँले नेपाली जनताको बलिदानी र लामो संघर्षबाट प्राप्त भएको संविधानको सफल कार्यान्वयनकालागि सबैको साथ र सहयोग आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि दुर्गादत्त भुसाल, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि नसिवद्दिन मिया, वडा नं. ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी, वडा नं. २ का वडा अध्यक्ष कमल त्रिपाठी, काँग्रेस भीरकोट नगर कोषाध्यक्ष जगदिश कोईराला, भीरकोट पोखरा सामिप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मी, भीरकोट उद्योग वाणिज्य संघका महासचिव नुवादत्त अर्याल, जेष्ठ नागरिककातर्फबाट देबबहादुर अधिकारी लगायतले संविधानको कार्यान्वयनमा जोड दिनुभएको थियो ।
भीरकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवम् प्रवक्ता दिपेन्द्र केसीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उप प्रमुख सीमा केसी कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...