अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

स्याङजामा निशुल्क स्वास्थ्य शिविर, ४ सय बढी लाभान्वित

news

रेडियो आँधीखोला,
वालिङ ४ आश्विन ।
संविधान दिवसको अवसरमा विहिबार स्याङजामा निुशल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा संविधान दिवसका अवसरमा नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । वडा नं. १३ मा आयोजित स्वास्थ शिविरको उद्द्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला समन्वय समिति राष्ट्रिय महासंघ अध्यक्ष सीता कुमारी सुन्दासले संविधान प्राप्त मुलुकमा अव संविधानको पुर्णतः कार्यान्वयन आवश्यकता रहेको भन्दै संविधानले सबै नागरिकको अधिकार सुनिश्चित गरेको बताउनुभयो । 
कार्यक्रममा नगरप्रमुख सिमा क्षेत्रीले स्वस्थ नागरिक नगरको दायित्व भएको भन्दै स्वास्थ्यको पहुँचबाट कोही पनि वञ्चित नहुने बताउनुभयो । कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्ल, चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, जिल्ला अस्पतालका प्रमुख अमृत पोख्रेल, वडा सदस्य जुद्धबहादुर थापा, शिक्षक अभिभावक संघका संयोजक भक्तबहादुर अधिकारीलगायतले शिविर आर्थिक अभावमा रोग लुकाएर बसेकाहरुको लागी निकै लाभदायक रहेको बताउनुभयो । 
वडा अध्यक्ष ख्यामनारायण अधिरकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव  दिपक थापाले गर्नुभएको थियो । जिल्ला अस्पतालका डा. अमृत पोख्रेलको टोलीले ४ सय ९ जना विरामीलाई परीक्षण तथा निशुल्क औषधी वितरण गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...