अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

कानुन अनविज्ञतामा क्षमा हुँदैन् ः मन्त्री चुमान

news

रेडियो आँधीखोला
वालिङ, ७ आश्विन ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले कानुन निर्माण गर्ने कुरा रहर नभएर आवश्यकक्ता भएको बताउनुभयो । मुख्य न्यायाधिबक्ताको कार्यालय गण्डकी प्रदेशले आइतबार पुतलिबजार नगरपािलका १ स्याङ्जामा मुख्य न्यायाधिबक्ताको सबैधानिक तथा कानुनी भुमिका एवं प्रदेश कानुन निर्माणको अवस्था बिषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्री चुमानले आवश्यकता बोध नभएसम्म कानुन नबन्ने बताउनुभयो ।
 
कानुनी अनबिज्ञतामा क्षमा नहुने बताउदै मन्त्री चुमानले आवश्यकता हुनेले कानुनको बारेमा सबै जानाकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्रालयले समग्रमा १८ कानुन बनाएको बताउदै स्थानिय तहका सभा संचालन, सेवासुबिधा र निर्माण पक्रियाका बारेमा तिन कानुन निर्माण गरेको बताउनुभयो । स्थानिय तहमा कानुन बनाउन त्रुटि रहेको बताउदै मन्त्री चुमानले कानुन कसरी बनाउने बिधिका बारेमा जान्न जरुरी रहेको बताउनुभयो । उहाँले केन्द्र र स्थानिय  सरकार भएपछि प्रदेश सरकार नचाहिने भन्दै केहि संघियता बिरोधीहरु लागि परेको बताउनुभयो । उहाँले संघियताको सफल कार्यान्वय भएमा मात्र देशले आमुल प्रगतिको दिशा लिने बताउनुभयो ।
 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता कुमारी सुन्दासले प्रदेश मन्त्रालयले यस्ता कार्यक्रमको बारेमा स्थानिय तह न्यायिक समितिलाई जानाकारी गराउनुपर्ने बाउनुभयो । त्यस्तै जिल्ला न्यायधिश रमेश कान्त अधिकारीले स्थानिय तहमा मेलमिलाप र निर्णयको माध्यमबाट न्याय गरिने बताउदै मेलमिलाप पहिलो प्राथमिकता भएको बताउनुभयो । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, पुतलिबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्री, बार एसोसिएनका अध्यक्ष प्रकाश अर्याल, प्रदेशका मुख्य न्याधिबक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्री कार्यालयका सचिब धर्मराज कुइकेल लगायतले मन्तब्य राख्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...