अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

महिला संघद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

news

रेडियो आँधीखोला
वालिङ, ७ आश्विन ।
निर्मला हत्या प्रकरणको सत्यतथ्य छानबीन सहित बढ्दो मुल्यबृद्धि बिरुद्ध स्याङ्जा प्रशासन कार्यालयमा महिला संघको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ । 
नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला माफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । मुलुकले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक संबिधान निर्माणसंगै आम निर्वाचनबाट तीनै तहका सरकार बनिसकेको बर्तमान अवस्थामा सामाजिक बिकृति, अराजकता, अपराधजन्य बलत्कारपछि हत्या जस्ता क्रियाकलाप समाजमा त्रासदी अवस्था सिर्जना भएको उल्लेख छ । 
महिला संघका अध्यक्ष कल्पना तिवारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रममा ७ वटा बिभिन्न बुदे माग उल्लेख छन । निर्मला पन्तको हत्यारा पक्राउ गरी तत्काल फासि दिन, अपराधजन्य हिंसाहरुको अन्त्य गर्नका लागि बलियो संयन्त्र तयार गर्न, हत्या, हिंसा बन्द गर्ने प्रभावकारि उपाय अबलम्बन गर्न, आकाशिदो मूल्य बृद्धि बन्द गर्न, शान्ति सुब्यवस्था कायम राख्न र मानवअधिकारको रक्षा गर्न लगायतका माग गरिएका हुन । 
ज्ञापनपत्र बुझ्दै प्रअिज निरौलाले सामाजिक समस्याका रुपमा रहेका यस्ता कुत्कार्यको बिरुद्ध सबै संगठीत हुनु पर्ने बताउदै तत्काल प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र प्रेषित गर्ने प्रतिवद्धता जनाउनुभयो । यसैगरी, भिमसेनचोकमा आयोजित कोणसभामा नेपाली कांग्रेसका सचिव कुमार राना लगायतले हत्याराको तत्काल खोजबीन हुनु पर्ने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...