अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

५८ वर्षीय महिलाले नागरिकता लिए

रेडियो आँधीखोला
वालिङ, ७ आश्विन ।
जिल्ला प्रशासन कार्यालय स्याङजाले सञ्चालन गरेको घुम्ती शिविरमा ५८ वर्षीय २ महिलाले नागरिकता लिएका छन् । जिल्लाको आँधीखोला गाउँपालिका १ की ५८ वर्षीय तिलकुमारी सार्की र अर्जुनचौपारी गाउँपालिका ५ की विष्णु दर्जीले आईतबार घुम्ती शिविरमार्फत नागरिकता लिएका हुन् । 
जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविरमार्फत नागरिकता वितरण कार्य शुरु गरेको छ । कार्यालयले आफ्नै गाउँघरमा पायक पर्ने स्थानमा २ दिने शिविरमार्फत २ गाउँपालिकाका नागरिकलाई सेवा दिनेछ । आँधीखोला १ पञ्चमुलमा सञ्चालित घुम्ती शिविरबाट आईतबार महिला ८९ र पुरुष ३५ गरी १ सय २४ जनाले नागरिकता लिएका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले बताउनुभयो । आँधीखोला १ र अर्जुनचौपारी ५ र ६ वडाका नागरिकले शिविरको फाईदा लिनेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...