अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

प्रहरी जवानले आँफैलाई गोली हाने

रेडियो आँधीखोला
वालिङ, ७ आश्विन ।
स्याङजाको जिल्ला कारागारमा कार्यरत एक प्रहरी जवानले आँफैले भिरेको राईफलबाट गोली हानी आत्महत्या गरेका छन् । नवलपरासीको त्रिवेणी गाउँपालिका ६ का २६ वर्षीय जितेन्द्र थापामगरले आँफैले च्यापूमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । 
२ महिना अघि मात्रै स्याङजा आएका मगरको शनिबार राति २ देखि ६ बजेसम्म ड्यूटी रहेकोमा पौने चार बजेको समयमा आँफैलाई गोली हानेका थिए । गोली लागेर गम्भीर घाईते भएका मगरको जिल्ला अस्पतालमा आईतबार विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपि जयराम सापकोटाले बताउनुभयो । 
उनले म कसैको कारण नभई मेरो आफ्नै समस्याका कारण यस्तो निर्णय लिएँ भनी सुसाईट नोट समेत लेखेका थिए । शवको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाईएको छ । मगरको दाई समेत प्रहरी मै कार्यरत रहेको जिप्रकाले जनाएको छ 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...