अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

फर्म सञ्चालकहरुबीच छलफल

रेडियो आँधीखोला
वालिङ, ७ आश्विन ।
वालिङ नगरपालिका १० का पशुपंक्षी फर्म सञ्चालकहरुबीच छलफल भएको छ । विभिन्न स्थानमा सञ्चालित फर्महरुबाट वातावारण प्रदुषित हुँदै गईरहेको जनगुनासो आएपछि वडा कार्यालयले सञ्चालकहरुबीच छलफल गरेको हो । विषेशगरी कुखुरा र बंगुरको दिसाका कारण बढ्दै गईरहेको बजारबस्तीमा असर परेको भन्दै थप व्यवस्थापन गर्ने निर्णय भएको छ । 
 
कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रेले फर्महरु सञ्चालन हुनु सकरात्मक विषय रहेपनि कुखुराको सुली तथा बंगुरको दिशाले मानिसहरुलाई असहज भएको भन्दै यसमा वडा तथा नगरपालिकाको समन्वयमा फर्म व्यवस्थापनमा जोड दिनुभएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष तथा फर्म सञ्चालक शोभाकान्त पौडेलले फर्मको थप व्यवस्थापनका पक्षमा आँफूहरु सकरात्मक रहेको भन्दै वातावरण प्रदुषण रोक्ने बताउनुभयो । 
कार्यक्रममा गाईभैँसी, कुखुरा, बंगुरपालक कृषकहरुको सहभागिता रहेको थियो । कुखुराको सुलीको उचित व्यवस्थापन, पिउनेपानीको संरक्षण र स्वच्छ वातावरणका विषयमा छलफल गरिएको सचिव  दिपेन्द्र गैह्रेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...